डडेल्धुरा : शिक्षकहरु बसे धर्ना, माग पुरा नभए क्रमबद्ब आन्दाेल‍नमा जाने

१५ साउन, डडेल्धुरा । डडेल्धुराका शिक्षकहरुले सरकारसंग राखेका पेशागत हकहितका मागहरुको पूर्ण कार्यान्वयनको माग गर्दै शिक्षा विकास तथा समुन्वय इकाई डडेल्धुरा र अमरगढी नगरपालिकाको कार्यालय अगाडी धर्ना दिएका छन् ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा देशव्यापि आन्दोलन भइरहेका बेला जिल्लाका शिक्षकहरु पनि शिक्षा विकास तथा समुन्वय इकाइ डडेल्धुरा र अमरगढी नगरपालिकाको कार्यालय अगाडी धर्ना दिएर अनसनमा बसेका हुन् ।

शिक्षकहरुको पेशागत हकहितका लागि उठाएका मागहरुको पूर्ण कार्यान्वयनको माग गर्दै शुक्रबार देशभरिनै अनसन र धर्ना कार्यक्रम निर्धारण भएकाले सोही बमोजिम डडेल्धुरामा पनि आफुहरु अनसनमा बसेको एकिकृत अखिल नेपाल सिक्षक संघ डडेल्लुराका सचिव बेदप्रकास पनेरुले बताए।

पहिलो चरणको आन्दोलमा विभागसंग भएको समझौता अनुसार सबै बुदाहरु कार्यान्वयन नभएकाले सो बुदाहरु कार्यान्वयन गर्न गराउन अनसन धर्ना कार्यक्रमहरु गरिएको उहाँले बतानुभयो । डडेल्धुरामा एकिकृत अखिल शिक्षक संगठन र नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरु अनसन र धर्ना कार्यक्रममा सहभागि रहेको बताईएको छ ।

शिक्षकहरुको पेशागत हकहित र अधिकारका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले शिक्षा विभाग लाई २०७५ फागुन ९ गते ३४ शुत्रिय मागहरु बुझाएको थियो । सो बुदाहरुको कार्यान्वयन नभएकाले शिक्षक महासंघले फेरी अहिले चौथौ चरणको आन्दोलन गरेर ध्यानाकर्षण गराइराखेको नेपाल सिक्षक महासंघ अमरगढी नगर कमिटीका अध्यक्ष शिक्षक गणेश बहादुर साउदले जानकारी दिएका छन।

news center of article

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा शुक्रबार ७७ वटै जिल्लाका शिक्षा विकास तथा समुन्वय इकाई र ७ सय ५३ वटै स्थानीय तहमा रिले अनशन र धर्ना कार्यक्रम रहेको छ ।

साथै जिल्लाका बालबिकास सहकर्ताको रुपमा कर्यरत रहेका सिक्षक सिक्षिकाहरुले लामो समयदेखि न्युन पारिश्रमिकमा काम गरेको र हाल जम्मा छ हजारमा काम गरिरहेको हुदा सरकारले नयाँ आर्थिक बर्षदेखि पन्ध्र हजार दिने भएकोले त्यसमा नगरपालिकाले पुर्ण पारिश्रमि तत्कालै देखि लागु गर्नु पर्ने माग सहित उक्त कार्यक्रममै सहभागि भएर संयुक्त रुपमा धर्ना बसेको बालसहजकर्ता लक्ष्मिदेबि जोशिले बताएकि छिन।

आफ्ना मागहरु तत्काल सम्बोधन नभए ससक्त रुपमा आन्दोलनमा जाने अर्का २०५७ साल देखि बालबिकाश सहजकर्ताको रुपमा काम गरिरेका मकर बहादुर शाहीले बताउछन।

याे पनि हेर्नुस्
Loading...