अस्मिता हत्या प्रकरण : नगरपालिकाले कार्यान्वयन गरेन सहमति

डडेल्धुराः मृत फेला परेकी डडेल्धुराको परशुराम नगरपालिका–८ को जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मितादेवी धामीका परिवार र नगरपालिकाबीच भएको सहमति कार्यान्वयन नभएको पाइएको छ।

शुक्रबार अस्मिताको न्यायका लागि गठिन संघर्ष समितिले जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी समहमति कार्यान्वयन नभएको जनाएको हो ।

नगरपालिकाले ७ लाख ५० हजार र वडाबाट २ लाख ५० हजार राहत दिने निर्णय भएको थियो । तर, हालसम्म नगरपालिकाले राहत स्वरूप दिनुपर्ने रकम नदिएको संघर्ष समितिका संयोजक धनबहादुर बोहराले जानकारी दिए ।

अस्मिताको शव बुझ्नुभन्दा अगाडि उनका आफन्त र नगरपालिकाबीच सहमति भएको थियो । तर, सहमति कार्यान्वयनमा भने नगरपालिकाले चासो नदिएको बोहराको आरोप छ ।

नगरप्रमुख भीमबहादुर साउँदले उतिबेला सहमति चाँडै कार्यान्वयन हुने र शव बुझ्न आग्रह गरेका थिए । नगरप्रमुख साउँदको आग्रह र कार्यपालिकाको बैठकले राहत दिने निर्णय गरेपछि आफन्तले शव बुझेका थिए ।

news center of article

जमरानी आधारभूत स्वास्थ्य केन्द्रको नाम ‘अस्मिता’ आधारभूत स्वास्थ्य केन्द्र राखिनुपर्ने, उनका आफन्तलाई स्वास्थ्य केन्द्रमा रोजगारीको व्यवस्था हुनुपगर्नेलगायतका माग राखेका थिए । यी मागहरू पनि नगरपालिकाले सम्बोधन नगरेको संयोजक बोहराले जानकारी दिए ।

अस्मिताका श्रीमानलाई स्वास्थ्य केन्द्रमा कार्यालय सहयोगी राखिएको भएपनि नियुक्ति पत्र भने नगरपालिकाले अझै नदिएको उनले बताए ।

यस विषयमा प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले नगरपालिकाले दिने भनेको साढे ७ लाख रूपैयाँ यो आर्थिक वर्षमा दिइने बताए । यसका साथै उनले नियुक्ति पत्र दिने प्रक्रिया पनि स्वास्थ्य शाखाले अगाडि बढाइरहेको जानकारी दिए।

आधारभूत स्वास्थ्य केन्द्रको ‘अस्मिता’ नाम राख्ने भन्ने विषय भने जटिल रहेको प्रतिक्रया दिएका छन् । उनका अनुसार स्वास्थ्य केन्द्र संघीय सरकारको लागतमा निर्माण भएको हो । सोही कारण उनको नाम राख्न अलि जटिलता सिर्जना हुने उनको तर्क छ ।

असार २ गते स्वास्थ्य केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामाग्री लिएर जोगबुडा अस्पताल पु¥याउन भनी निस्केकी अस्मिताको शव परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो।

याे पनि हेर्नुस्
Loading...