युवाहरुद्धारा पाटन नगरपालिकाका मेयर र उपमेयरको कार्यकक्षमा तालाबन्दी

बैतडी : बैतडीको पाटन नगरपालिकाका युवाहरुले मेयर र उपमेयरको कार्यकक्षमा आईतबार तालाबन्दी गरेको छ । नगर भित्रको एक सडक योजनामा झुटो विवरण पेश गरेर भूक्तानी लिएको आरोप लगाउदै युवाहरुले ताला लगाएको स्थानीय युवा मनमोहन बिष्टले जानकारी दिएका छन।

नगरपालिकाको वडा नम्बर ३ गुरुडामा सडक निमार्ण कार्य सम्पन्न नभइ उपभोक्ता समितीलाई रकम भुक्तानी गरिएकाले ताला लगाउनु परेको बिष्टले बताए । ६ जना युवाहरु खेमराज अवस्थी,रोषन भट्ट,सन्जु भण्डारी,हरिश भण्डारी,हेमराज पाण्डे,मनमोहन बिष्ट,सतिश बि.क लगायतका युवाहरू द्धारा जारी प्रेस विज्ञप्तीमा उपप्रमुख सरस्वती कोली सङ्ग योजनाबारे कुरा गर्न खोज्दा धम्की पूर्ण व्यहार देखिएकाले ताला लगाउन बाध्य छौ भन्ने कुरा उल्लेख गरिएको छ।

news center of article

अब नगरपालिकाले मागको सुचना आधिकारी नदिएसम्म मेयर केशब बाहादुर चन्द र उपमेयर कोलीको कार्यकक्षको ताला नखोल्ने युवा रोसन भट्टले बताए । केही दिन एता नगरपालिका भैसी काण्ड लगाएतका बिषयले विवादीत छ ।
जारी विज्ञप्ती

याे पनि हेर्नुस्
Loading...