बैतडीमा कृषि प्राविधिक तथा किसान समिति गठन

बैतडी साउन १७ । किसानहरूको हकहित संरक्षणका लागि बैतडी जिल्लामा कृषि प्राविधिक तथा किसान समिति गठन गरिएको छ । आइतबार पाटन नगरपालिका वडा नं ६ स्थित पाटन बहुमुखी क्याप्समा बसेको कृषि तथा भेटेनरी प्राविधिकहरुको भेलाले कृषि प्राविधिक पूर्ण देव भट्टको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो ।

कृषकहरुको हकहितमा काम गर्ने उदेश्यले प्राविधिक भट्टको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको समितिका सदस्य अमर भट्टले जानकारी दिनुभयो । किसानहरूको हकहित संरक्षणका लागि समिति गठन गरिएको उहाँको भनाइ छ ।

news center of article

किसानहरुलाई प्राविधिक सहयोग गर्ने र आवश्यक्ता अनुसार उनिहरुलाई तालिम दिने गठित कृषि प्राविधिक तथा किसान समितका अध्यक्ष पूर्ण देव भट्टले जानकारी दिनुभयो । पाटनमा मात्रै नभइ समग्र बैतडी जिल्लाका किसानहरुलाई गठित समितिले प्राविधिक सेवा दिने उहाँले बताउनुभयो । बेलाबखत विभिन्न रोगका कारण हैरान बनेका किसानहरुलाई अब प्राविधक सहयोग मिल्ने अपेक्षा गरिएको छ ।

याे पनि हेर्नुस्
Loading...