कञ्चनपुरमा नदीमा डुबेर एक बालकको मृत्यु

२१ भदौ, धनगढी । कञ्चनपुरमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थित सनवोरा नदीमा डुबेर आइतबार अन्दाजी १२ वर्षीय बालकको मृत्यु भएको हो।

कैलालीको चुरे गाउँपालिका–३ का १२ वर्षीय बालक दिलीप सुनारको कञ्चनपुर मामाघर गएका बेला डिलबाट चिप्लिएर नदीमा खसेका थिए।

news center of article

उनको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए।

याे पनि हेर्नुस्
Loading...