प्राज्ञिक विद्यार्थी परिषद नेपाल अमगरगढि नगर ईकाइ समितिद्वारा आयोजित एक दिवस नगर अभ्यास वर्ग सम्पन्न

डडेलधुरा । प्राज्ञिक विद्यार्थी परिषद नेपाल अमगरगढि नगर ईकाइ समितिद्वारा आयोजित एक दिवस नगर अभ्यास वर्ग सम्पन्न भएको छ । देशको आर्थिक ,सामाजिक, साँस्कृतिक र धार्मिक पुनस्र्त्थान, राष्ट्रियता, राष्ट्रिय सम्पदाको संरक्षण र विकास गर्ने हेतुले दलगत तथा सत्तामुखी स्वार्थ भन्दा माथी उठेर तथा दलगत राजनीति पार्टी को भातृसङ्गठन नरही एउटा स्वतन्त्र गैर राजनीति विद्यार्थी संगठनको आवश्यकता महसुस गरिएकोले उक्त अभ्यास वर्ग सम्पन्न गरिएको जिल्ला संयोजक सन्दीप महराले बताउनु भयो।

उक्त अभ्यास वर्ग अध्यक्षमा शिक्षक श्री योगेन्द्र जोशी र सचिवमा कल्पना जैशी गरि १८ सदस्यीय नगर ईकाई समिती गठन गरिएको जिल्ल संयोजक महराले बताउनु भयो।

कार्यक्रमका प्रमुख अतिथि डडेलधुरा बहुमुखी क्याम्पसका लेखा प्रमुख श्री तुलसी प्रसाद ओझा रहनुभएको थियो। साथै सो कार्यक्रममा विद्यार्थी परिषदका सुदुरपश्चिम प्रदेश संगठन सचीव चन्द्रशेखर जोशी, प्रदेश सचीव प्रदिप भट्ट, जिल्ल संयोजक सन्दीप महरा लगायतका प्रमुख कार्यकर्ताहरुको सहभागी रहेको नब निर्वाचीन नगर सचीव कल्पना जैशिले बताउनु भयो।

दलगत र सत्तमुखी राजनीति भन्दा माथी रहेको विद्यार्थी परिषद ले शिक्षिक तथा सामाजिक क्षेत्रमा बिगत २५ बर्सदेखि आफ्ना रचनात्मक गतिविधि संचालन गर्दै आएको र आगामी दिनहरू मानी गर्दै जाने जिल्ला संयोजक महराले बताउनुभयो। ५० जना विद्यार्थीहरुको सहभागीमा उक्त कार्यक्रम डडेलधुरा बहुमुखी क्याम्पसमा सम्पन्न भएको थियो।

याे पनि हेर्नुस्
Loading...