बैतडीमा २५ जना क्षमता भएको कारागारमा तेब्बर कैदिबन्दी

बैतडी – जिल्ला कारागार बैतडीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन् । २५ जनाको क्षमता भएको कारागारमा अहिले ७५ कैदीबन्दी राखिएका छन् ।

जिल्ला कारागार बैतडीका जेलर अनिल तिवारीका अनुसार कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ ।

कारागार परिसरमा दुईवटा टेन्ट राखिएका छन् । कोठाहरूमा पनि खाटमाथि खाट राखेर बसोबासको व्यवस्था मिलाइएको छ । कैदीबन्दीहरूलाई बसोबासको समस्या भएपछि कारागार परिसरमा टेन्ट राखेर बसोबासको व्यवस्था मिलाएको जेलर तिवारीले बताए ।

पुरानो भवन पनि जीर्ण भइसकेकाले कैदीबन्दीहरूलाई बसोबासका लागि निकै समस्या भएको हो । जिल्ला कारागारमा महिला कैदीबन्दी आएमा डडेलधुरा पठाउनुपर्ने बाध्यता रहेको छ ।

याे पनि हेर्नुस्
Loading...