डडेल्धुरामा एक किशोरीमाथि सामूहिक बलात्कार, २ युवक पक्राउ

डडेल्धुराः डडेल्धुरामा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन्। जिल्लाको परशुराम नगरपालिकाकी किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही नगरपालिका–१० का २३ वर्षीय रामसिंह ठगुन्ना र दार्चुला नौगाड गाउँपालिका–५ घर भएका २७ वर्षीय जगदीश धामीलाई पक्राउ गरेको हो।

असोज ५ गते बलात्कार गरी भागेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरीले उनीहरूलाई बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दका अनुसार पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुरा ल्याइँदैछ। उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेकोसमेत उनले बताए।

याे पनि हेर्नुस्
Loading...