सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा भूकम्पको धक्का महसुस

दार्चुला । सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा शुक्रबार राति भुकम्पको धक्का महसुस गरिएको छ। दार्चुलाभन्दा ४० किलोमिटर भारततर्फ केन्द्रबिन्दु बनाएर गएराति ८ बजेर ४० मिनेटमा ४ दशमलव ४ रेक्टर स्केलको भुकम्प गएको हो। भूकम्पले बैतडी, दार्चुला र बझाङलगायतका जिल्लामा धक्का महसुस गरिएको हो।

भुकम्पबाट कुनै नोक्सानी नभएको राष्ट्रिय भुकम्प मापन केन्द्र सुर्खेतका सुचना अधिकारी नारायण बास्कोटाले बताए।

यसअघि गत असोज ४ गते पनि दार्चुलाको खर्रा केन्द्रबिन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो।

याे पनि हेर्नुस्
Loading...