बैतडी: प्रहरी बनाउने भन्दै ठगी गर्ने काँग्रेस नेतालाई कारवाही माग गर्दै पीडितहरु गाउँपालिकामा

बैतडी । बैतडीमा प्रहरी बनाउने आश्वासन दिएर रकम अशुली फरार भएका व्यक्ति घर फर्किएपछि पीडितहरु स्थानीयले सरकार गुहारेका छन् । उनीहरु आफूहरुबाट लिएको अशुलीका लागि पञ्चेश्वर गाउँपालिकामा पुगेका हुन् । पञ्चेश्वर गाउँपालिकामा अहिलेसम्म ७/८ जनाले रकम अशुलीका लागि निवेदन दिएका छन् । पाँच वर्ष अघि प्रहरी बनाउने आश्वासन दिएर पञ्चेश्वर गाउँपालिका ५ बलाराका प्रकाश चन्द रकम लिएर भारत भागेका थिए । गाउँपालिका गुहारेका उनीहरुले चन्दले पाँच लाखदेखि १२ लाखसम्म रकम लिएको बताएका छन् ।

चन्दले प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक बनाउने भन्दै पञ्चेश्वर गाउँपालिका र मेलौली नगरपालिकाका १२ जनाबाट रकम अशुली गरेको उनीहरुको दाबी छ ।गाउँपालिकामा आएका पीडितहरुका अनुसार तितावैका शंकर चन्द, जनक चन्द, र रोेडिदेबलका हिरा भण्डारीबाट पाँच/पाँच लाख लिएका छन् । यसैगरी भीमदत्त नगरपालिका सुकासालका राजु चन्दबाट ६ लाख लिएको उनीहरुले बताएका छन् ।

रकम लिएर चन्द भारत फरार भएपछि दुई जनाले काठमाडाै जिल्ला प्रहरी कार्यालय हनुमान ढोकामा उजुरी दिएका थिए । त्यहीं उजुरीका आधारमा हनुमान ढोका प्रहरीले बैतडी प्रहरीलाई चन्दलाई पक्राउ गरी सहयोगका लागि पत्राचार गरेको थियो ।

गाउँ छाडेर भागेपछि भारतमा बस्दै आएका चन्द केही महिना अघि मात्रै घर फर्केका थिए । उनी घर फर्केपछि पीडितहरुले चन्दलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन् नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत चन्द क्षेत्रीय प्रतिनिधि बनेका छन् । उनले आफूलाई सुरक्षाका लागि बैतडी प्रहरीमा निवेदन दिएका छन् ।

पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले प्रहरी बनाउने आश्वासन दिएर आफूहरुलाई ठगी गरिएकाले कानुनी कारवाहीका लागि गाउँपालिकामा निवेदन आएको बताए । ‘यो २०७२ सालतिरको कुरा रहेछ, वहाँहरुले ठगी गर्ने प्रकाश चन्दलाई कारवाही र आफूहरुको रकम अशुलीका लागि गाउँपालिकामा निवेदन दिएका छन्’ उनले भने,‘अहिलेसम्म ७÷८ जनाका निवेदन आएका छन्, त्यसमा सबै मेलौली र पञ्चेश्वरका छन् ।’

गाउँपालिकामा निवेदन निवेदन आएपछि आफूले जिल्ला प्रहरी र प्रशासन कार्यालयलाई जानकारी गराउने अध्यक्ष चन्दले बताए । ‘गाउँपालिका पनि यी निवेदन हेरि रहेको छ, पहिला नै प्रहरीमा मुद्दा परेकाले यहाँबाट पनि प्रहरी र प्रशासनलाई जानकारी गराउँछौ’ उनले भने । स्रोत : इनफोखबर

याे पनि हेर्नुस्
Loading...