रहेनन् बैतडीका बामपन्थी नेता एंबम समाजसेवी अवस्थी

बैतडी । बैतडीका बामपन्थी नेता एंबम समाजसेवी पृथ्बी राज अवस्थीको निधन भएको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ६ सुर्नया घर भएका अवस्थी अवस्थी कैलालीको गोदावरीमा बस्दै आएका थिए ।

उनको ८६ बर्षको उमेरमा शनिवार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । प्रबल जनसेवाबाट बिभुषित भएका अवस्थीको भुमिका बामपन्थी आन्दोलन अगाडी बढाउन महत्वपुणर् छ । समाजका हरेक बिकृति बिसंगती बिरुद्ध संर्घष गरेका अवस्थीले नागरिक समाज बैतडीको नेतृत्व समेत सम्हालेका थिए ।

उनको निधनमा बिभिन्न दलका नेता, कार्यकर्ता तथा आम नागरिकहरुले सामाजिक सञ्जालमा दुःख तथा श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।

याे पनि हेर्नुस्
Loading...