धनगढीका मेयर वडका छोरा गालीगलौजमा उत्रिए, हमाललाई दिए अश्लिल गाली

धनगढी – धनगढीका निखील वडले धनगढीका व्यवसायी गोपाल हमाललाई सामाजिक सञ्जालमा अश्लिल गालीगलौज गरेका छन्। दिनेशखबरको आधिकारीक फेसबुक पेजमा प्रकाशित भएको ‘धनगढीका निखील वडले दिए ज्यान मार्ने धम्की’ शिर्षकको समाचारको कमेन्टमा उनले दिनेशसञ्चार गृहका प्रवन्ध निर्देशक हमाललाई अश्लिल गाली गरेका हुन्। वडले धनगढीका युवा नरेन्द्र साउदलाई सामाजिक सञ्जाल फेसबुकमा धनगढी उपमहानगरपालिकाको अनियमितताबारे कमेन्ट गरेका कारण ज्यान मार्ने धम्की दिएका थिए। सोही विषयमा दिनेशखबरले समाचार प्रकाशित गरेको थियो।

उपमहानगरपालिकाका मेयर वडका छोरा निखील वड हमालमाथि खनिएका हुन्। उनले समाजमा अपाच्य हुने शब्दमा हमाललाई गाली गरेका हुन्। वडले हमालका परिवारका सदस्यलाई समेत गाली गरेका छन्। उनले गरेको गाली समाचारमा राख्न नसकिने छन्। ती सबै स्क्रिनसटहरु दिनेश खबरसँग सुरक्षित छन्।

वड २०७६ मा एकजनालाई इट्टा प्रहारपछि पक्राउ परेका थिए। त्यसपछि उनलाई सुधार गृहमा पनि राखिएको थियो। अहिले उनले धनगढी उपमहानगरका गतिविधिबारे आवाज उठाउनेलाई गालीगलौज र धम्की दिदै आएका छन्। -दिनेशखबरबाट

याे पनि हेर्नुस्
Loading...