धनगढी-अत्तरिया ६ लेन सडकमा टिप्पर दुर्घटना

धनगढी-अत्तरिया ६ लेन सडकमा टिप्पर दुर्घटना भएको छ।

कैलालीको अत्तरियाबाट मनहरातर्फ जाँदै गरेको से १ ख १९९८ नम्बरको टिप्पर दुर्घटना भएको हो। माटो बोकेको उक्त टिप्पर आइतबार बिहान गेटा मेडिकल कलेज नजिक दुर्घटना भएको प्रहरीले बताएको छ।

दुर्घटनाबाट कुनै मानवीय क्षति नभएको र टिप्पर अनियन्त्रित भएर पल्टिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

याे पनि हेर्नुस्
Loading...