बझाङमा विहानै भुकम्पको धक्का महसुस

बझाङ : बझाङमा आज शुक्रबार विहान भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ४ बजेर ५५ मिनेटमा बझाङको सुर्मा गाँउपालिकाको दौलीचौर केन्द्रविन्दु भएर ३.८ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का बझाङ सहित बैतडी र दार्चुला समेत महसुस गरिएको थियो । भूकम्पको क्षतीबारे कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

याे पनि हेर्नुस्
Loading...