बैतडीको खाेड्पे बजारमा अनुगमन, २५ हजार बराबरका म्याद नाघेका सामान बरामद

बैतडी, १५ असोज : बैतडीमा संयुक्त बजार अनुगमन टोलीले बजार अनुगमनलाई निरन्तरता दिएको छ । अनुगमनकै क्रममा टोलीले बिहीबार खोड्पे बजार अनुगमन गरेको हो ।

पाटन नगरपालिका वडा नम्बर ८ को खोड्पे बजारका बिभिन्न किराना पसल, मदिरा पसल तथा होटेलहरुमा गरिएको अनुगमनमा २५ हजार ४ सय बराबरका लेबल नभएका र म्याद नाघेका सामानहरु बरामद गरिएको जिल्ला प्रशासन कार्यालयका सुब्बा प्रकास सिंह कार्कीले दिनुभएको छ ।

अनुगमनका क्रममा ६ हजार ६ सय बराबरको पेन्टस, १४ हजार ५ सय ३० बराबरको पेयपदार्थ, ३ हजार बराबरको चक्लेट, ७ सय ७५ बराबरको बिस्कुट र ४ सय ३५ बराबरको अन्य गरि २५ हजार ४ सय बराबरका लेबल नभएका र म्याद नाघेका सामानहरु बरामद गरी नष्ट गरिएको उहाँले जानकारी दिनुभयो ।

कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री बितरणमा रोक लगाउन र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उदेश्यले अनुगमन गरिएको हो । चाडपर्बको समयमा अखाद्य बस्तुहरुको बिक्री बितरण हुन सक्ने भन्दै बजार अनुगमन कार्य चलीरहेको हो । व्यापारीहरुलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न आग्रह गरिएको छ भने उपभोग्य मिति र लेबल हेरेर मात्र खरीद गर्न उपभोक्ताहरुलाई आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडी, खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग बिकास समिति, इलाका प्रहरी कार्यालय पाटन, प्रहरी चौकी खोड्प ,बजार व्यवस्थाजन समिति लगायतको टोलीले बजार अनुगमन गरेको हो ।

याे पनि हेर्नुस्
Loading...