डडेल्धुराबाट जगत ऐर द्धारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

डडेल्धुरा :युवा तथा विद्यार्थी नेता जगत ऐरले १४ औँ महाधिवेशन प्रतिनिधिको लागि उम्मेदवारी घोषणा गरेका छन् ।

सनिवार डडेल्धुरा बहुमुखी क्याम्पसमा स्ववियुले आयोजना गरेको दशै तथा तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेविसंघको विद्यार्थी राजनीतिबाट सुरु भएर नेपाली काँग्रेस डडेल्धुरालाई बलियो काँग्रेसमा सावित बनाई हरेक क्षेत्रमा युवाहरूको नेतृत्वको सुनिश्चितता बढाउन युवा तथा विद्यार्थी नेता ऐरले १४ औँ महाधिवेशन प्रतिनिधिको लागि उम्मेदवारी रहने बताएका छन ।

विद्यार्थी नेता ऐरले नेपाली काँग्रेसमा नेता कार्यकर्ता सबै समेटि आफु निस्ठाको राजनीति गर्ने र समाजमा रहेका बिकृती बिसङ्गती भ्रष्टाचार विरुद्ध उभिन र पार्टीको आमूल परिवर्तनका लागि आफू सधैव प्रतिबद्ध रहने उनको भनाइ छ । अधिवेशनमा आफू केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला तर्फ) लड्ने घोषणा गरेको बताए ।

नेता ऐर लामो समय देखि सकृय बिधार्थि राजनीतिमा लाग्नुको साथै डडेल्धुरा बहुमुखी क्याम्पस बाट स्ववियु सभापतिको जिम्मेवारीमा छन।

याे पनि हेर्नुस्
Loading...