धनगढीमा बसको ठक्करबाट दार्चुलाका एकजनाको मृत्यु

धनगढी –धनगढीमा बसले ठक्कर दिँदा दार्चुलाका एकजनाको मृत्यु भएको छ । मोहनापुल–अत्तरिया ६ लेन सडकअन्तर्गत राजपुरमा ना ८ ख २२४२ नम्बरको बसले ठक्कर दिँदा घाइते भएका दार्चुलाका ४५ वर्षीय गणेश बर्मा सुनारको उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

घाइते सुनारको माया मेट्रो अस्पतालमा उपचार भईरहेको थियो । बस र चालक आशिष चौधरी मालाखेती प्रहरीले नियन्त्रणमा लिएको छ ।

याे पनि हेर्नुस्
Loading...