बैतडीको प्रसिद्ध अनिरुद्र मन्दिरमा जात्रा हुँदै

बैतडी – बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा बडादशैंको अवसरमा पूजाआजा गर्ने क्रम जारी रहेको छ। जिल्लाका प्रसिद्ध धार्मिक स्थलमध्ये आज आश्विन शुक्ल चतुर्थीका दिन अनिरुद्र मन्दिरमा जात्रा हुदै छ।

हरेक बर्ष नवरात्रको चतुर्थी र महाष्टमी तिथीमा अनिरुद्र मन्दिरमा जात्रा हुने गरेको अनिरुद्र मन्दिरका पूजारी विनोदप्रसाद अवस्थीले बताए। अनिरुद्र देवताको पूजाआजा गरेमा विद्या प्राप्त हुने जनविश्वास रही आएको उनले बताए। अनिरुद्र देवतालाई वेदका धनी देवताको रुपमा पूजाआजा गर्ने गरिएको छ।

news center of article

अवस्थीहरुको कुल देवताको रुपमा समेत अनिरुद्र देवताको पूजाआजा गर्ने गरिएको छ। बह्रमरुपी देवता भएकाले अनिरुद्र देवताको पूजाआजा गरेमा सुख,शान्ति, समृद्धि र ऐश्वर्य प्राप्त हुने अनिरुद्र मन्दिरका अर्का पूजारी गणेशदत्त अवस्थीले बताए। अनिरुद्र मन्दिरमा असोज शुक्ल चतुर्थी र अष्मटी, चैत शुक्ल चतुर्थी र अष्टमी, माघ शुक्ल चतुर्थी र भदौ शुक्ल चतुर्थीका दिन जात्रा तथा पूजाआजा हुने गरिएको छ।

बैतडीको सुर्नया ६ स्थित मूलखटालीमा अनिरुद्र देवताको मुख्य मन्दिर रहेको छ। सो मन्दिरमा हरेक बर्ष टाढाटाढाका दर्शनार्थीहरु पुग्ने गर्दछन्। यसका साथै पाटन नगरपालिका, सिगास गाउँपालिका लगायतका क्षेत्रमा पनि अनिरुद्र देवताको पूजाआजा हुने गरेको पूजारी अवस्थीले बताए। आयत्री गोत्र भएका अवस्थीहरुको बसोबास भएको ठाउँमा अनिरुद्र देवताको पूजाआजा हुने गरेको बताइएको छ।

याे पनि हेर्नुस्
Loading...