कैलालीमा विङ्गर र मोटरसाइकल ठोक्किँदा १२ जना घाइते

धनगढी – कैलालीमा विङ्गरले मोटरसाइकललाई ठक्कर दिँदा १२ जना घाइते भएका छन्।  पूर्वपश्चिम राजमार्गअन्र्तगत कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ राजीपुरमा से १ ज ११०५ नम्बरको विङ्गरले से ६ प ५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा विङ्गरमा सबार ११ र एकजना मोटरसाइकल चालक गरी १२ जना घाइते भएका हुन्।

मोटरसाइकल चालक धगगढी वडा नम्बर १५ का लक्ष्मण चौधरीको अवस्था गम्भीर छ। धनगढीबाट टीकापुर गइरहेको विङ्गरले रोड क्रस गरिरहेको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय चौमलाका प्रहरी नायब निरीक्षक विरबहादुर बोहराले जानकारी दिए।

news center of article

घाइतेलाई उपचारका लागि धनगढीस्थित सेती प्रदेशिय अस्पताल पठाइएको उनले बताए।

याे पनि हेर्नुस्
Loading...