दार्चुलामा पक्राउ परेका जुवाडेलाई दशैसम्मका लागी छाडियो

दार्चुला – दार्चुलामा जुवाखालबाट पक्राउ परेका १२ जना जुवाडेलाई प्रहरीले दशैसम्मका लागी छाडेको छ ।

असोज २४ गते जुवाखालबाट पक्राउ परेका जिल्लाको व्यास गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष उपेन्द्रसिँह धामीसहितका १२ जनालाई प्रहरीले दशैंसम्मका लागि छाडेको हो ।

२ लाख ३७ हजार रुपैयाँ नगद र ११ थान मोबाइलसहित पक्राउ परेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालयले सोमबार मात्रै अनुसन्धानका लागि थप १५ दिन हिरासतमा राख्न म्याद थप गरेको थियो ।

उनीहरूमाथि मुलूकी अपराध संहिता २०७४ अनुसार जुवातास खेल्न खेलाउन नहुने कसुरमा मुद्दा दर्ता भएको थियो । तर, दशैं मनाउन उनीहरूलाई छाडिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले बताए ।

news center of article

दशैंतिहारलाई ध्यानमा राखेर उनीहरुलाई जिम्मेवार व्यक्तीको हाजिरी जमानीमा छोडिएको उनले बताए ।

अहिले पनि अनुसन्धान भईरहेको र दशैंपछि कारबाहीको प्रक्रिया अघि बढाइने उनले बताए ।

गत २४ गते जिल्ला सदरमुकाम खलंगास्थित तिकंरखेडाका स्थानीय प्रेमसिंह बुढाथोकीको घरबाट साढे २ लाखसहित १२ जना जुवाडे पक्राउ परेका थिए ।

याे पनि हेर्नुस्
Loading...