बिजया दशमी तथा शुभ दिपावली र छट्ट पर्बको अबसरमा दारी ग्याङ डोटीले वृद्ध आश्रमलाई खाद्यान्न सहयोग

डोटी – बिजया दशमी तथा शुभ दिपावली र छट्ट पर्बको अबसरमा दारी ग्याङ डोटीले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

उक्त अवसरमा दारी ग्याङ डोटीले सुदुरपश्चिम प्रदेश को प्रमुख धार्मिक स्थल शैलेस्वरी मन्दिर को प्राङगणमा आयोजना गरेको शुभकामना आदान प्रदानमा सिलगढीमा रहेको पुज्य धर्मान्तक वृद्ध आश्रमलाई खाद्यान्न सामाग्री समेत हस्तान्तरण गरेको छ।

सहारा बिहिन बिद्धा को सहारा बनेको आश्रमलाई दशैंमा थोरै भएपनि सहयोग गरेको ग्याङका जिल्ला अध्यक्ष अनुज राज जोसी ले बताउनुभयो। सामाग्री बुझ्दै बृद्धा आश्रम मा आर्थिक अभाब रहेको ले ग्याङले गरेको सहयोग को प्रसंसा गर्दै धन्यवाद बृद्धा आश्रम का अध्यक्ष दिनेश रोकायले बताउनुभयो ‌। कार्यक्रम को प्रमुख आतिथि रहनु भएका समाजसेवी धन बहादुर मल्ल ले युवाहरु ले गरेको योगदान राम्रो रहेको यस्तै सकारात्मक बाटोमा लाग्न हौसल्ला दिनुभएको थियो।

यसै कार्यक्रम सङ्गसङ्गै संगै सदस्य हरुले परिचय दिदै सम्पुर्ण स्वदेश तथा बिदेशमा रहनु भएका हिन्दु दाजुभाइ तथा दिदीबहिनीलाई बडा दशै , दिपावली तथा छट्ट पर्बको हार्दिक मंगलमय शुभकामना दिएको थियो।

याे पनि हेर्नुस्
Loading...