कैलालीमा ड्रोनमार्फत सुरक्षा चेकजाँच

धनगढी । कैलाली प्रहरीले ड्रोनबाट सुरक्षा चेकजाँच गरेको छ।

नेपालीहरुको महान पर्व बडादसैँ, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीद्वारा तयार पारिएको सुरक्षा योजना २०७८ अनुरुप ड्रोनबाट सुरक्षा चेकजाँच गरिएको हो।

news center of article

जिल्लाको सुरक्षा व्यवस्थालाई त्रुटी रहित, भरपर्दो, विश्वसनीय बनाउनुका साथै जनजीवनलाई सुखमय बनाउन र नागरिकलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षा चेकजाँच गरिएको प्रहरीले जनाएको छ।

बुधबार प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुको कमाण्डमा खटिएको टोलीले तालिम प्राप्त कुकुर तथा ड्रोनमार्फत धनगढीस्थित बसपार्क, ट्राफिक चौराह र गोदावरी नगरपालिकाको अत्तरिया बजारलगायतका स्थानहरुमा चेकजाँच गरेको बताइएको छ। – दिनेश खबरबाट

याे पनि हेर्नुस्
Loading...