बैतडीमा गुडीरहेको बसमाथीबाट ढुङ्गा खस्दा युवती घाइते

बैतडी – बैतडीमा गुडीरहेको बसमाथीबाट खसेको ढुंगा लागेर एक युवती घाइते भएकी छिन् । आज बिहान साडे १० बजेको समयमा पाटन नगरपालिका ८ स्थित आरुबाटा भन्ने स्थानमा बैतडीबाट महेन्द्रनगर जादै गरेको ना ६ ख ९६७२ नं को बसमा माथीबाट ढुङ्गा खस्दा कञ्चनपुरको भिमदत्त नगरपालिका १४ की २० वर्षीया बिमला भट्ट घाइते भएकी हुन ।

news center of article

उनको टाउकोमा चोट लागेको छ । खोडपे स्वास्थ्य चौकीमा उपचार गराई महेन्द्रनगर पठाइएको अस्थायी ट्राफिक पोष्ट खोडपेका ट्राफिक प्रहरी जगदिश चन्दले जानकारी दिए।

याे पनि हेर्नुस्
Loading...