सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारामा अष्टमी मेला सम्पन्न

डडेल्धुरा – सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा बिहीबार(आज) अष्टमी मेला लागेको छ। नेपाली पात्रोअनुसार बुधबार महाअष्टमी परेपनि उग्रतरामा भने बिहीबार मात्रै अष्टमी मेला लागेको हो।

घटस्थापनादेखि गन्तिका हिसाबले आठौ दिनमा अष्टमी मनाइने प्रचलन रहीआएकाले बिहीबार मात्रै अष्टमी लागेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताए। मेलाका अवसरमा उग्रतारामा एक दर्जन बढी राँगा र बोकाको बली दिइएको छ।

news center of article

बिहीबार उग्रतारा भगवती मेलामा बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो। डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को महकामी राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित महाशक्ति पीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौं दर्शनार्थीहरू पूजा आराधना गर्न पुगेका थिए।

मेलामा सुदूरपश्चिमका नौ वटै जिल्ला तथा अन्य स्थानलगायत भारतका विभिन्न स्थानहरुबाट खास गरी दशैंको अवसर पारेर घरतिर आएका भक्तजन एवं धार्मिक आस्थावान नागरिक उग्रतारा मन्दिरमा आएका थिए।

याे पनि हेर्नुस्
Loading...