कैलालीमा मोटरसाइकल दुर्घटना हुदा एक जना गम्भीर घाइते

कैलाली – कैलालीमा मोटरसाइकल दुर्घटना भएको छ । प्रहरीका अनुसार अत्तरिया नजिक से ६ प ६७७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बताईएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका –१२ का २६ वर्षीय करन कुँवर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनलाई पद्मा अस्पतालले सेती प्रादेशिक अस्पताल र सेतीले निसर्ग अस्पताल रिफर गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बताएको छ ।

मोटरसाइकल चालक धनगढी १२ कै २२ वर्षीय राम साउँदको पद्मा अस्पतालमा उपचार गरिएको बताइएको छ ।

याे पनि हेर्नुस्
Loading...