सुदूरपश्चिममा सार्वजनिक सवारीमा लगाइएको ‘क्यु फ्री’ आजदेखि हट्यो

सुदूरपश्चिम – सुदूरपश्चिममा सार्वजनिक सवारीसाधनमा लगाइएको ‘क्यु फ्री’ आजबाट हटाइएको छ। तीन दिनसम्म क्यु फ्रीमा सवारी सञ्चालन गरिएकोमा आजदेखि क्यु फ्री हटाइएको हो। आजदेखि पु्रानै रुट र समयअनुसार सवारीसाधन सञ्चालन भएका हुन्।

‘असोज २७ गतेदेखि लामो र २८ गतेदेखि छोटो दूरीमा क्यु फ्रीमा सवारीसाधन सन्चालन गरिएको थियो । आजदेखि पुरानै तालिकाअनुसार सवारी सञ्चालन गरिन्छ। अन्य यातायात प्रा.लिहरुले पनि आजदेखि क्यु फ्री हटेको सुन्दर-सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले बताएका छन्।

सुन्दर सुदूरपश्चिम, रिभरसाइड, खप्तड मालिका, महाकाली, उग्रतारा लगायतका यातायात प्रालिहरुले तीन दिनसम्म सवारीसाधन क्यु फ्रीमा छोडेका थिए।

याे पनि हेर्नुस्
Loading...