बैतडीको महाकाली नदी किनारमा फेला परेका पुरुषको शनाखत

बैतडी – बैतडीको महाकाली नदी किनारमा एक पुरुषको शव फेला परेको छ। मृत फेला पर्नेमा पिथौरागढ जिल्ला ग्राम पञ्चायत पिपलिका ४१ बर्षिय सञ्जय ज्याला रहेकाछन् । ज्याला हिजो भारतको हंसेस्वरमा कार दुर्घटना हुदाँ बेपत्ता भएको बताइएको छ ।

उनको शव आज बिहान बैतडीको दशरथचन्द नगरपालिका १० तिर खडेनी स्थीत महाकालि नदि किनारमा भेटिएको हो । मृतक ज्यालाको शव अहिले जिल्ला अस्पताल बैतडीमा राखिएको छ । शवको शनाखत गरी भारतपठाउने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

 

भारतीय सुरक्षाकर्मी संग समन्वय गरि मृतकका आफन्तलाई खबर गरिसकेकाले आफन्त आएपछि मृतकको शव भारतमै पठाउने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरिक्षक दर्शन खड्काले बताए । शवको पोष्टमार्टम समेत भारतमै गरिने उनले बताए ।

 

यो पनि पढ्नुहोस्

बैतडीको महाकाली नदी किनारमा एक पुरुषको शव फेला

 

यो पनि पढ्नुहोस्

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुदाँ ८ जना घाईते

याे पनि हेर्नुस्
Loading...