पितृदोष के हो ?

विशेषगरी पुनर्जन्मको विश्वास गर्ने आस्तिक हिन्दु साहित्यको एउटा मान्यता छ कि कुनै पनि मान्छेको मृत्युपछि पनि उसको पाप र पुण्यको लेखाजोखा बाँकी नै रहन्छ । त्यतिमात्रै होइन, कुनै व्यक्तिको मृत्युपछि उसका सन्तानले गरेको व्यवहारले पनि मृतात्मालाई सताइरहेको हुन्छ भन्ने धार्मिक मान्यता छ । यस्तो अवस्थामा गलत बाटोमा लागेको अवस्थामा केही समस्या प¥यो भने हामी पितृहरू रिसाए कि रु भन्ने पनि सोच्न पुग्छौं ।

यो मान्यता ग्रामीण भेगको तुलनामा सहरी भेगमा कम छ । तर कुनै अकस्मात भट्ने घटना, व्यापारमा हुने नोक्सानी जस्ता समस्यामा तत्कालै पूर्खाले स्मरण गर्ने गरिन्छ । त्यहीमध्येको एउटा स्मरणको विधि हो, श्राद्ध ।

हामीहरू श्रद्धापूर्वक आफ्ना पितृगणको स्मरण गर्छौं । उनीहरूलाई खुसी बनाउने बहानामा कुनै पनि विधि पूरा गर्न कन्जुस्याइँ गर्दैनौं, यी सबै पितृप्रतिको श्राद्ध र पितृहरूको आशीर्वादको लागि नै हो ।

अब कुरा आउन सक्छ आखिर पितृ को हुन् ? उनीहरूलाई खुसी गराउने ? पितृ शब्दको उत्पत्ति ‘पा रक्षणे’ धातुबाट बनेको शब्द हो । जुन आफूलाई हरेक मोडमा समर्थन र संरक्षण गर्ने व्यक्ति भन्ने अर्थमा रहेको हुन्छ । मृत्यु पश्चात् पनि हामीले पितृको आशीर्वाद पाउन सकिन्छ भन्ने मान्यता छ । यसको लागि नै मृत्यु संस्कारका विभिन्न कर्म र हरेक वर्ष श्राद्ध गर्ने गरिन्छ ।

पिता शब्दको बहुवचनमा पितरः हुन्छ । यो शब्दले सबै पूर्वजहरूलाई समेटेको हुन्छ । त्यसकारण, यो भन्नु राम्रो हुन्छ कि हाम्रा सबै पुर्खाहरू, हाम्रा कुल र परिवारका सबै मृत व्यक्तिका पिताहरू एउटै श्रेणीमा पर्छन् ।

ऋग्वेदमा पूर्वजहरूलाई जनाउन पितरः शब्दको प्रयोग गर्दै भनिएको छ :

उदीरतामवर उत्परास उनमध्यमाः पितरः सोम्यासः ।

असुं य इयुरवृका ऋतज्ञास्ते नो ऽवन्तु पितरो हवेषु ।

ऋग्वेद १०-१६-१

विभिन्न दृष्टिकोणबाट हेर्दा पितृ शब्दको वर्गीकरण पनि असंख्य पाइन्छ । ऋग्वेदमा, पितृहरूलाई पनि कम, मध्यम र उच्च कोटि गरी तीन श्रेणी विभाजन गरिएको छ ।

त्यस्तै, मनुस्मृतिका अनुसार पनि पितृहरूको उच्च स्थान रहेको बताइएको छ । जसमा भनिएको छ,

मनोर्हैरण्यगर्भस्य ये मरीच्यादयः सुताः।

तेषामृषीणां सर्वेषां पुत्राः पितृगणाः स्मृताः ।। मनुस्मृति ३.१९४।।

हिरण्यगर्भका पुत्र मनुले सबै ऋषिहरूका पुत्रलाई नै पितृ भनेर उल्लेख गरेका छन् ।

पितृहरूको स्थानको बारेमा एउटा भनाइ सान्दर्भिक हुन सक्दा । शास्त्रहरूका अनुसार मनुष्यलोक माथि पितृलोक छ, पितृलोकभन्दा माथि, सूर्य लोक छ र सूर्य लोकभन्दा माथि स्वर्ग लोक छ भन्ने शास्त्रीय मत छ ।

जब मानिसको आत्माले आफ्नो शरीर छोड्छ, ऊ सबैभन्दा पहिले पितृलोकमा पुग्छ । पितृको आत्मामा सद्गुण छ भने त्यसपछि उनीहरू थप माथिल्लो लोकमा प्रवेश गर्छन् भन्ने मान्यता पनि पाइन्छ । त्यसको लागि उनका सन्तानहरूले मत्र्यलोकमा गरेको सत् र असत् कर्मको पनि मूल्यांकन हुने बताइन्छ ।

news center of article

पितृदोष के हो ?

पितृदोष शास्त्रीय मान्यता अनुसार पितृहरूले आफ्ना बदमास सन्तानलाई दिने दुःख हो भने सिधा अर्थमा बुझ्दा यो एक किसिमको मनोविज्ञान हो । यदि हामीले खराब काम ग¥यौं भने अदृश्य रूपमा रहेका पितृहरूले आफूमाथि कारबाही गर्छन् भन्ने मान्यताले पनि सत् कर्ममा लाग्न प्रेरित गर्ने एउटा विधि पनि हो ।

पुर्खाहरूले आफ्ना सन्तानहरूको व्यवहारलाई सूक्ष्म रूपमा नियालिरहेका हुन्छन् । उनीहरूको कर्म, पितृहरूप्रतिको सम्मान भाव आदिलाई लिएर यहाँका सन्तानलाई मूल्यांकन गरिरहेका हुन्छन् भन्ने मान्यता छ ।

कसैले आफ्ना पितृहरूप्रति ‘बेवास्ता’ ग¥यो भने मृतात्माहरू दुःखी हुन्छन् र तिनीहरूले आफ्नै वंशहरूलाई सराप दिने गर्छन् भन्ने मान्यता हिन्दु संस्कृतिमा छ । जसलाई हामी ‘पितृदोष’ नामले चिन्छौं भनिन्छ ।

पितृदोष एक किसिमको अदृश्य त्रास हो भन्दा पनि फरक नपर्ला । आफूलाई कुनै समस्या प¥यो भने पक्कै पनि पितृदोषका कारण भएको हुनसक्ने चिन्ता हामीमा हुन्छ ।

पितृहरू रिसाउनुको पछि थुप्रै कारणहरू हुन सक्छन् । जस्तै नराम्रो आचरण, परिवारले गरेको गल्ती, उनीहरूमाथिको बेवास्ता, अन्त्येष्टि कार्यमा कुनै त्रुटि आदि कारणहरू हुन सक्छ ।

हामीले भोग्ने कतिपय समस्याहरूमा हामीले पितृ दोषका कारण भएको हुन सक्ने आशंका मान्ने गर्छौं ।

हामीमा केही गरी उदासिनता, व्यापारमा घाटा, श्रमअनुसार काममा असफलता, वैवाहिक जीवनमा समस्या आदि भयो भने हामी अहिलेसम्म पनि या त भाग्यलाई दोष दिने या त पितृदोष तिर ध्यान दिने धेरै मान्छे पाइन्छ । जब व्यक्ति र उसको परिवारले अवरोधहरूको सामना गर्छ त्यसपछि त्यसअघि गरेका नराम्रा काम र पितृहरूमाथि कुनै समयमा भएको हुन सक्ने अपमानलाई सम्झिन्छौं । शास्त्रीय मान्यता अनुसार पितृदोषका कारण पनि यस्तै समस्या सिर्जना हुने गर्छ ।

मान्यता अनुसार पितृहरू पनि दुई किसिमका हुन्छन् । उनीहरूको आशीर्वाद र श्राप पनि सोही अनुसार कम र बढी हुने गर्छ ।

१. अधोगतिमा परेका पितृहरू

२. उध्र्वगतिवाला पितृहरू

अधोगतिमा परेका पितृहरू भनेर हामीहरू विशेषगरी कालगति नपुगी विभिन्न दुर्घटना या अरू कारणले मृत्यु भएका पितृहरूलाई अधोगति परेका पितृहरू भन्ने गरिन्छ । उनीहरूको आत्मालाई शान्त गराउनको लागि सन्तानले विभिन्न कर्म गर्नुपर्छ भन्ने मान्यता छ ।

दान, धर्म, पाठ पूजा आदिबाट पितृको अधोगतिवाला दोष कम हुन्छ भन्ने मान्यता छ । तर हाम्रो व्यवहार, अतुलनीय चाहनाहरू, गलत किसिमको सम्पत्तिमा संलग्नता र गलत व्यक्तिसँगको संगतसँगै पितृहरूको बेवास्ताले त्यस्ता अधोगतिमा परेका पितृहरूले आफ्ना सन्तानलाई नै विभिन्न किसिमका दुःख दिने गर्छन् भन्ने मान्यता छ ।

त्यस्तै, अधोगतिमा नपरेका पितृहरूलाई उध्र्वगतिमा लागेका पितृको रूपमा पनि लिने गरिन्छ । त्यस्ता पितृहरूले पनि आफ्ना सन्तानबाट समयसमयमा स्मरण र सम्मानको अपेक्षा राखेका हुन्छन् । यदि त्यस्तो गर्न नसक्दा उनीहरूलाई पनि श्राप पर्न सक्ने शास्त्रीय मत छ । यो पनि एक किसिमको पितृ दोष हो ।

समग्रमा भन्दा पितृदोष समाजलाई सत् मार्गमा हिँडाउनको लागि उल्लेख गरिएको एक शास्त्रीय मान्यता हो । यसले पुस्तौंसम्मका सन्तानलाई सत्मार्गमा हिँड्न र आफ्ना पूर्खाहरूप्रति सम्मान गर्नेबारे पाठ सिकाउने गर्छ ।

याे पनि हेर्नुस्
Loading...