बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा आजबाट शुरु

बैतडी – बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आजदेखि जात्रा शुरु भएको छ । महासप्तमीका दिन शुरु भएको जात्रा महाष्टमीका दिन बलि सहित सम्पन्न हुन्छ । आज निङ्गलाशैनी भगवतीको बिशेष पूजाआजा हुने निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए । उनले भने ‘निङ्गलाशैनी भगवती मन्दिरमा घटस्थपनादेखि नै पूजाआजा शुरु हुन्छ । फूलपाती भित्र्याएर आज बिशेष पूजाआजा हुने गर्दछ ।’

निङ्गलाशैनी भगवती मन्दिरमा रांगाको बलि दिने भाकल गरेकाहरुले आज नै रांगा मन्दिरमा लगेर बाध्ने चलन रही आएको छ ।

news center of article

निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई व्यवस्थित बनाउन दशरथचन्द नगरपालिका वडा नं २ को कार्यालय देहीमाण्डौंले जात्रास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ । जात्रालाई मार्यादित र व्यवस्थित बनाउनका लागि घटस्थापनादेखि नै देहीमाण्डौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको वडा अध्यक्ष रनबहादुर बोहराले बताए ।

आजैका दिनदेखि दशैं बिदा पनि सुरु भएको छ । दशैँको पाँच दिन बिदा हुने गरेकाले सरकारी कार्यालय पनि बन्द हुन्छ ।

याे पनि हेर्नुस्
Loading...