आज निगंलाशैनी भगवती मन्दिर देहीमाण्डौमा भब्य मेला

बैतडी – असोज २७/ बैतडीको प्रशिद्ध निगंलाशैनी भगवती मन्दिर देहीमाण्डौमा भब्य मेला लाग्दै छ । आज संयौ रांगा तथा बोकाहरुको बली सहित भब्य मेला लाग्ने भएको हो । प्रत्येक बर्ष आश्विन शुक्ल अष्टमीका दिन प्रत्येक बर्ष यहाँ भब्य मेला लाग्ने गर्दछ् । हिजो सप्तमीकै दिनबाट मेला शुरु भए पनी आज भब्य मेला लाग्ने निंगलाशैनी धार्मीक सेवा समितिका अध्यक्ष मान बहादुर बोहराले जानकारी दिनुभएको छ ।

निंगलाशैनी मातालाई बली चढाउने भाकल गरेकाहरुले हिजो सप्तमीकै दिनबाट रांगाहरु ल्याएर बाध्न गर्दछन् । सुदुरपश्चिम प्रदेशकै सबैभन्दा बढी बली दिइने यस मन्दिरमा मेला भर्नका लागी बैतडी सहित सुदुरपशिचमका बिभिन्न जिल्लाहरु र भारतको पिथौरागढबाट समेत दर्शनार्थीहरु आउने गर्दछन् । यता मेलालाई शान्तिपुणर् वातावरणमा सम्पन्न गर्नका लागी वडा कार्यालयले घटस्थापनाको दिनदेखि नै देहीमाण्डौ बजारमा रहेका मदिरा पसलहरु बन्द गरेको छ ।

news center of article

वडा कार्यालयले गरेको निणर्यको उल्लंखन गर्दै मदिरा सेवन गरेको पाइएमा २ हजार तथा मदिरा बेचबिखन र ओसारपोसार गरेमा ६ हजार जरीवाना सहित मदिरा समेत जफत गरिने वडाध्यक्ष रन बहादुर बोहराले बताउनुभयो ।कसैले जुवातास खेलेमा वा खेलाएमा ३ हजार जरीवाना गरिने बताइएको छ ।

यसै बिच कोरोना भाईरस कोभिड १९ को संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्डहरुको पालना गर्दै मेला भर्न आउन समेत वडा कार्यालयले नागरिकहरुमा आग्रह गरेको छ । निंगलाशैनी भगवतीको मन्दिरमा भाद्र शुक्ल चतुर्दशी, असोजको महाष्टमी, मंसिर शुक्ल पूणर्िमा र चैतको अष्टमीका दिन बिशेष जात्रा हुने गर्दछ ।

याे पनि हेर्नुस्
Loading...