डडेल्धुराको उग्रतारामा आज अष्टमी मेला

धनगढी । सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा बिहीबार अष्टमी मेला लाग्ने भएको छ। नेपाली पात्रोअनुसार बुधबार महाअष्टमी परेपनि उग्रतारामा भने बिहीबार मात्रै अष्टमी मनाइने भएको हो।

घटस्थापनादेखि गन्तिका हिसाबले आठौँ दिनमा अष्टमी मनाइने प्रचलनअनुसार आज अष्टमी मनाइन लागेको अमरगढी नगरपालिका–८ का वडा अध्यक्ष नरबहादुर साँकीले बताए। अष्टमीमा उग्रतारा मन्दिरमा राँगा र बोकाको बली दिई पुजाआजा गरिन्छ।

news center of article

यस वर्ष पञ्चमी र पष्ठी तिथि एकै दिन परेको थियो भने सप्तमी तिथी २६ गते परेको थियो। उग्रतारामा दसैँ पनि ३० गते मनाइने बताइएको छ। उग्रतारा भगवतीको मन्दिर पश्चिम नेपालकै एक महत्वपूर्ण शक्तिपीठका हो। चैते अष्टमी, विजया दशमीको अष्टमीको दिन, विजया दशमीको दिन र कात्तिक पूर्णिमाको दिन ठूलो मेला लाग्ने गर्दछ।

 

याे पनि हेर्नुस्
Loading...