डी ब्रुयनालाई लगातार दोस्रो पटक पीएफए प्लेयर अफ दी इयर अवार्ड

एजेन्सी। म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुयना ‘प्रोफेसनल फुटबलर्स एसोसिएसन प्लेयर अफ दी इयर’ घोषित भएका छन्।

डी ब्रुयनाले लगातार दोस्रो पटक यो अवार्ड जित्न सफल भएका हुन्। २९ वर्षे डी ब्रुयना लगातार दोस्रो पटक यो अवार्ड जित्ने दोस्रो खेलाडी बनेका छन्।

यसअघि क्रिष्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट लगातार दुई पटक अवार्ड जितेका थिए।

याे पनि हेर्नुस्
Loading...