कोपा अमेरिकामा दुई खेल हुँदै

कोपा अमेरिका २०२१ मा सोमबार समूह ‘बी’ का दुई खेल हुँदैछन्। सोमबार विहान ५:४५ बजे कोलम्बिया र पेरुबीच प्रतिस्पर्धा हुँदैछ।

कोलम्बिया एक खेलमा जित र एक खेलमा बराबरी खेल्दै चार अंक जोडेर समूहमा दोस्रो स्थानमा छ। लगातार दुई जित निकालेर ६ अंक जोडेको आयोजक ब्राजिल शीर्ष स्थानमा छ।

पहिलो खेलमा इक्वेइडरलाई १-० गोलले पराजित गरेको कोलम्बियाले दोस्रो खेलमा भेनेजुएलासँग गोलरहित बराबरी खेलेको थियो।

पेरूले भने एक खेल मात्र खेलेको छ। पेरुले आफ्नो पहिलो खेलमा ब्राजिलसँग ४-० गोलको हार बेहोरेको थियो।

कोलम्बिया र पेरुबीचको खेलअघि विहान २:४५ बजे भेनेजुएला र इक्वेइडरबीच खेल हुँदैछ।

भेनेजुएला पहिलो खेलमा ब्राजिलसँग ३-० गोलले पराजित भएको थियो। दोस्रो खेलमा कोलम्बियासँग बराबरी खेल्दै भेनेजुएलाले अंकको खाता खोलेको थियो।

इक्वेइडर आफ्नो दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा इक्वेइडरलाई कोलम्बियालाई १-० गोलले पराजित गरेको थियो।

याे पनि हेर्नुस्
Loading...