क्रिकेट टिमको नयाँ जर्सीका लागि ५ सय बढी डिजाइनरको प्रस्ताव

७ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको जर्सीका लागि ५ सयभन्दा बढीले डिजाइनहरू प्राप्त गरेको छ। क्यानले आह्वान गरेको नयाँ जर्सीका लागि ५ सय बढी जर्सीको डिजाइन प्राप्त भएको जनाएको हो।

क्यान र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले दुई साताअघि जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुल्ला गरेको थियो।

क्यानले पहिलोपटक खुल्ला प्रतिस्पर्धाबाट राष्ट्रिय टिमको जर्सी छनोट गर्न लागेको हो। क्यानले नयाँ जर्सी छनोटका लागि ४ सदस्सीय समिति गठनसमेत गरेको छ।

क्यानले सोमबार क्यानका तीन सदस्य र प्रायोजकका एक सदस्य रहेको जर्सी छनोट समिति गठन गरेको जनाएको छ।

समितिमा क्यानका केन्द्रीय सदस्य छुम्बी लामा, जेनेरल म्यानेजर रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास रहेका छन्। प्रायोजकबाट रहेका सदस्यको नाम खुलाइएको छैन।

क्यानले तयार गरेको समितिले आवेदन परेकोमध्येबाट उत्कृष्ट डिजाइन भएको जर्सी छनोट गर्नेछ। र, क्यानको बोर्डमा पेश गर्नेछ। क्यानको बोर्डले जर्सीको अन्तिम छनोट गर्नेछ।

उत्कृट ठहरिएको जर्सी स्पेनमा हुने त्रिकोणात्मक सिरिजमा प्रयोग हुनेछ।

नेपालले जुलाईको अन्तिम सातामा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँग स्पेनमा एकदिवसीय सिरिज खेल्दैछ। उत्कृष्ट जर्सी डिजाइन गर्नेले पुरस्कार स्वरूप एक लाख रुयैयाँ हात पर्नेछन्।

फ्यानहरूले बनाएको केही जर्सीहरू:

 

याे पनि हेर्नुस्
Loading...