सन्दीप, कुशल र विक्रम चम्कँदा पीएनजी १३४ रनमै अलआउट

काठमाडौं । नेपाली खेलाडीको कसिलो बलिङमा पपुवा न्युगिनी (पीएनजी) पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १३४ रनमा समेटिएको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १३४ रन मात्र बनाउन सक्यो ।

पीएनजीले दोस्रो ओभरमा नै आफ्नो पहिलो विकेट गुमाएको थियो । नेपालका लागि डेब्यु गरेका विक्रम सोबले दोस्रो ओभरको पहिलो बलमा विकेट लिए । उनले पीएनजीका टोनी उरालाई बोल्ड आउट गरेका हुन् । उनले टोनी उरालाई १ रनमा बोल्ड आउट गरे ।

त्यस्तै, चौथो ओभरको अन्तिम बलमा विक्रमले दोस्रो विकेट लिए । उनले असाद भालालाई क्याच आउट गराएका हुन् ।

कप्तान भाला ४ रन बनाएर आउट भए । त्यसपछि केही सम्हालिएको पीएनजीले १२औँ ओभरको पाँचौँ बलमा आफ्नो तेस्रो विकेट गुमायो । नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिए । उनले कार्लेस एमिनीलाई २३ रनमा आउट गरे ।

पीएनजी १२औँ ओभरको समाप्तीमा तीन विकेट गुमाएर ५९ रनको अवस्थामा थियो ।

news center of article

पीएनजीले १३औँ ओभरको पाँचौँ बलमा आफ्नो चौथो विकेट गुमायो । नेपालका लागि कुशल मल्लले लेगा सिकालाई ३० रनमा क्याच आउट गराए ।

त्यसपछि पीएनजीका सेसे बाउ र किप्लीन डोरिकाले टिकले इनिङ्सलाई सम्हाले । उनीहरूले ३८ बलमा २६ रनको साझेदारी गरे । २०औँ ओभरमा पीएनजीले साझेदारी गुमाउन पुग्यो । नेपालका सन्दीप सन्दीप लामिछानेले २०औँ ओभरको पहिलो बलमा व्यक्तिगत दोस्रो र नेपालका लागि पाँचौँ विकेट लिने क्रममा सेसे बाउलाई क्याच आउट गराए । बाउ १४ रन बनाएर आउट भए ।

पीएनजीले २३औँ ओभरमा छैटौँ विकेट गुमायो । पीएनजीका किप्लिन डोरिगा १५ रनमा आउट भए । उनलाई नेपालका कुशल मल्लले क्याच आउट गराए ।

पीएनजीले २४औँ ओभरमा जोसन किलालाई आफ्नो सातौं विकेटको रूपमा गुमायो । सन्दीप २४औँ ओभरको तेस्रो बलमा व्यक्तिगत तेस्रो विकेट लिए । उनले किलालाई ६ रनमा एलबीडब्लू आउट गराएका हुन् ।

पीएनजीले ३०औँ ओभरमा लगातार दुई विकेट गुमायो । नेपालका लागि सोमपाल कामीले ३० ओभरको पहिलो र तेस्रो बलमा दुई विकेट लिएका हुन् । उनले गाउडी टोकालाई ३० ओभरको पहिलो बलमा २२ रनमा आउट गराउँदा सोही ओभरको तेस्रो बलमा चाडा सोपेरलाई १० रनमा आउट गरे ।

३३औँ ओभरको अन्तिम बलमा पीएनजीले आफ्नो १०औँ विकेट गुमायो । नेपालका लागि सन्दीपले नोसियाना पोकानालाई एक रनमा आउट गरे ।

याे पनि हेर्नुस्
Loading...