सतप्रतिशत जितसहित नेपोली शीर्ष स्थानमा

काठमाडौं । भिक्टोर ओसिमहेनको दुई गोलप्रेरित नेपोलीले बिहीबार राति इटालियन सिरी ‘ए’ मा साम्पडोरियामाथि ४–० को विजय हासिल गरेको हो ।

सिरी ‘ए’ सतप्रतिशत जित निकाल्ने क्रममा नेपोलीले ओसिमहेनको गोलबाट दशौं मिनेटमा अग्रता लिएको थियो । ३९औं मिनेटमा फबियनले अग्रता दोब्बर बनाए । ५०औं मिनेटमा ओसिमहेनले व्यक्तिगत दोस्रो गोल थपे । ५९औं मिनेटमा पिओट जिलिनस्कीले अर्को गोल थपेपछि भ्रमणकारी नेपालीले सहज विजय हासिल गरेको हो ।

नेपोलीको गोलमा लोरेन्जो इसाइनले दुई गोलमा तथा हिरभिङ लोजानोले दुई गोलमा अवसर सिर्जना गरिदिएका थिए ।

जितसँगै पाँच खेलमा सतप्रतिशत नतिजा निकालेको नेपोली १५ अंकका साथ इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा छ । समान खेलबाट १३ अंक जोडेको साविक विजेता इन्टर मिलान दोस्रो स्थानमा छ । समान १३ अंक जोडेको एसी मिलान गोलअन्तरका आधरमा तेस्रो स्थानमा छ । साम्पडोरिया ५ अंकका साथ १३औं स्थानमा छ ।

बिहीबार राती सम्पन्न अर्को खेलमा सिरो इमोबाइलले इन्जुरी समयमा पेनाल्टीमा गोल गरेपछि लाजियोले टोरिनोसँग १–१ को बराबरी खेलेको छ । घरेलु टोली टोरिनोले मार्को पीजाकाको गोलबाट ७६औं मिनेटमा अग्रता लिएको थियो । तर चार मिनेटको समयमा सम्हालिन नसक्दा टोरिनो अंक बाड्न बाध्य भयो ।

बराबरीपछि लाजियो आठ अंकका साथ सातौं स्थानमा छ । सात अंक जोडेको टोरिनो पाँच अंकका साथ दशौं स्थानमा छ ।

याे पनि हेर्नुस्
Loading...