ललितपुरले दियो काठमाडौंलाई प्रतिस्पर्धात्मक लक्ष्य, जितेन्द्रको घातक बलिङ

काठमाडौंः काठमाडौंमा शनिबार शुरु भएको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा ललितपुर प्याट्रियटर्सले काठमाडौं किंग्स–११ लाई एक सय ५८ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको ललितपुर निर्धारित २० ओभर ८ विकेट गुमाएर एक सय ५७ रन बनायो। उसका लागि पवन सराफले उत्कृष्ट अर्धशतकीय पारी खेले। उनले ४४ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६१ रन बनाए।

यस्तै, योगेन्द्रसिंह कार्कीले ३३, मिक्यो दोर्जीले अविजित १७, शंकर रानाले १४ र नारायण जोशीले १२ रनको योगदान दिए। बलिङमा जितेन्द्र मुखियाले शानदार बलिङ गरे। उनले ४ ओभरमा मात्र १४ रन खर्चिएर ४ विकेट लिए। यस्तै, रयान बर्ल र गुलशन झाले २–२ विकेट लिए।

यसैगरी शाहिद अफ्रिदी र कप्तान सन्दीप लामिछाने बलिङमा महँगा साबित भए। अफ्रिदीले ४ ओभरमा बिनाविकेट ३२ रन खर्चिए भने सन्दीपले पनि ४ ओभरमा विकेट नलिई ४४ रन दिए।

कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिएको ललितपुर जितबाट प्रतियोगिताको सुरुवात गर्न चाहन्छ। ज्ञानेन्द्र मल्लले नखेल्ने भएपछि ललितपुरको कप्तानी कुशल गरिरहेका हुन्। उनी पहिलो पटक घरेलु क्रिकेटमा कप्तानी गरिरहेका हुन्।

काठमाडौं स्टर क्रिकेटर सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिएको छ। काठमाडौं पनि सुखद् सुरुवात गर्ने योजनामा हुनेछ। ललितपुर र काठमाडौंबीचको पछिल्लो भेटमा ललितपुर बलियो देखिएको छ। ललितपुरले यसअघिको तीन भेटमा जित निकालेको थियो। चौथो संस्करणको प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन्।


जसमा ललितपुर प्याट्रीयट्स, भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किंग्स–११, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्स रहेका छन्। ईपीएलको विजेताले ५० लाख र उप विजेताले १५ लाख पाउने छन्।

काठमाडौंको प्लेइङ ११ :

सन्दीप लामिछाने (कप्तान), जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, सुवास खकुरेल, शेर मल्ल, गुलशन झा, सिद्धान्त लोहनी, रयान बर्ल ९जिम्बावे०, शाहिद अफ्रिदी ( पाकिस्तान), रहमानउल्लाह गरबाज ।

ललितपुरको प्लेइङ ११ :

कुशल भुर्तेल ९कप्तान० सन्दीप जोरा, राशिद खान, पवन सरार्फ, कुशल भुर्तेल, योगेन्द्रसिंह कार्की, रिजन ढकाल, शंखर राना, नारायण जोशी, मिक्यो दोर्जी (भुटान), सन्दुन वीराक्कोडी (श्रीलंका), ओशदा फर्नान्डो (श्रीलंका)

याे पनि हेर्नुस्
Loading...