कोलकताले दिल्लीलाई हरायो

आइपिएल क्रिकेटमा दिल्ली क्यापिटल्समाथि कोलकता नाइटराइडर्सले जित हात पारेको छ।

मंगलबार भएको खेलमा दिल्लीलाई कोलकताले ३ विकेटले पराजित गरेको हो।

पहिले ब्याटिङ गरेको दिल्लीले ९ विकेटको क्षतिमा १२७ रन मात्र जोड्न सक्यो।

दिल्लीका लागि स्टेभिन स्मिथले ३९ रन जोड्दा शिखर धवनले २४ रन बटुले। कप्तान रिशव पन्तले ३९ रन बटुल्दा अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।

बलिङमा कोलकताका सुनील नारिन, वेंकटेशन अय्यर र लकी फर्ग्युसनले २-२ विकेट लिए।

१२८ रनको लक्ष्य कोलकताले १८.२ ओभरमा ७ विकेट गुमाएर पार गर्‍यो।

कोलकताका लागि शुभमान गिलले ३० रन जोड्दा नितिन रानाले नटआउट ३६ रन बनाए। अन्य ब्याट्सम्यान भने सस्तैमा आउट भएका थिए।

बलिङमा दिल्लीका आभेस खानले ३ विकेट लिए भने एनरिच नोर्किया, रविचन्द्रन आस्विन, ललित यादव र कागिसो रबाडाले १-१ विकेट लिए।

आइपिएल अंक तालिकामा दिल्ली ११ खेलबाट १६ अंक जोड्दै दोस्रो स्थानमा छ। चौथो स्थानको कोलकताको १० अंक भएको छ।

याे पनि हेर्नुस्
Loading...