बैतडीमा छनौट गरिएको क्षेत्रीय भलिबल टिमको बन्द प्रशिक्षण आजबाट सुरु (फोटो फिचर)

बैतडी । बैतडीबाट छनोट गरिएको क्षेत्रीय भलिबल टिमको प्रशिक्षण आजबाट सुरु गरिएको छ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषदद्धारा धनगढीमा हुने खुल्ला पुरुष भलिबल प्रतियोगिताको लागि बैतडीबाट छनोट गरिएका खेलाडीहरुलाई आज देखी प्रशिक्षण दिन थालेको प्रशिक्षण प्रशिक्षक हरि भण्डारीले बताए।

news center of article

प्रशिक्षणमा समावेश हुने खेलाडीमा धन ब. महरा -सुर्नया , राकेश साउँद -सुर्नया, रोशन चन्द -मेलौली, मनोज चन्द -पाटन, गोविन्द साउद -सिगास, श्याम दयाल -मेलौली, गम्भीर साउँद -शिवनाथ, लक्ष्मण भट्टराई -पाटन, बिकास विष्ट -पाटनका रहेका छन्।

उक्त टिमको क्याप्टेन धन बहादुर महरा रहेका छन् भने छनौट गरिएको क्षेत्रीय भलिबल टिमको बन्द प्रशिक्षण आजबाट सुरु भएको जिल्ला टिमका खेलाडी मनोज चन्दले बताए । प्रतियोगिता असोज २० देखि असोज २३ गतेसम्म धनगढीमा आयोजना हुदैछ।

याे पनि हेर्नुस्
Loading...