मुम्बईलाई हराउँदै ‘प्लेअफ’मा पुग्यो दिल्ली, रच्यो इतिहास

काठमाडौंः दिल्ली क्यापिटल्स आईपीएलको प्लेअफमा पुगेको छ। शनिबार साविक मुम्बई इन्डियन्सलाई ४ विकेटले हराउँदै दिल्ली प्लेअफमा पुगेको हो।

मुम्बईले दिएको १ सय ३० रनको लक्ष्य १९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गयो। यससँगै दिल्ली लगातार दोस्रोपटक प्लेअफमा पुगेको छ।

दिल्लीको जितमा श्रेयस अय्यरले अविजति ३३, कप्तान ऋषभ पन्तले २६, रविचन्द्रन अश्विनले नटआउट २०, शिमरोन हेटमायरले १५ रन बनाए। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।

बलिङमा कृणाल पाण्ड्या, नाथन कुल्टर–नाइल, जयन्त यादव, जसप्रीत बुमराह र ट्रेन्ट बोल्टले १–१ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो।

उसका लागि सूर्यकुमार यादवले ३३, क्विन्टन डीककले १९, हार्दिक पाण्ड्याले १७, सौरभ तिवारीले १५, कृणाल पाण्ड्याले नटआउट १३ र जयन्त यादवले ११ रन बनाए। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।

दिल्लीका लागि अक्षर पटेल र अवेश खानले उत्कृष्ट बलिङ गरे। दुवैले ३–३ विकेट हात पारे। पटेलले ४ ओभरमा २१ रन खर्चिँदा खानले १५ रन मात्रै दिए। यस्तै, रविचन्द्रन अश्विन र एनरिक नोर्कियाको नाममा १–१ विकेट रह्यो। यस हारसँगै मुम्बईले प्लेअफ दौडबाट बाहिरिएको छ।

याे पनि हेर्नुस्
Loading...