साहस उर्जाको नतिजा यो वेबसाईटबाट हेर्न मिल्न थाल्यो

साहस उर्जा कम्पनी लिमिटेडले निष्कासन गरेको साधारण सेयर (आईपीओ) को रिजल्ट अब हेर्न सकिने भएको छ । कम्पनीले असोज ६ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज (असोज १७ गते, आइतबार) निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय, लाजिम्पाट, काठमाडौँमा सम्पन्न भएको थियो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । अन्तिम दिनसम्म २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएका थिए । जसमध्ये, २३ लाख ८३ हजार ४६० जनाको आवेदन मात्र योग्य थियो । जस अनुसार ६ लाख ४४ हजार जना आवेदकहरूले १० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकीको भने हात खाली भएको छ ।

कम्पनीले असोज ६ गतेदेखि असोज १० गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्य दरका ७० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

कसरी हेर्ने रिजल्ट ?
आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केही समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न भने केही समय कुर्नुपर्ने हुन्छ ।

news center of article

रिजल्ट सार्वजनिक भएपछि कम्पनीको आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको (iporesult.cdsc.com.np) नामक वेभसाइटबाट, एनआईबिएल एस क्यापिटल लिमिटेडको वेभसाइट (niblcapital.com), साहस उर्जा कम्पनी लिमिटेडको वेभसाइट (sahasurja.com) र मेरो सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।

सबैभन्दा छिटो कहाँबाट हेर्न मिल्छ ?

केहीबेरमा सबै ठाउँबाट हेर्न मिल्ने भए पनि अहिले भने सबै भन्दा छिटो iporesult.cdsc.com.np बाट हेर्न मिलिरहेको छ । अन्यमा अझै राखिएको छैन् ।

याे पनि हेर्नुस्
Loading...