प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगितामा बैतडी डोटीसँग पराजित

 

बैतडी – सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगितामा बैतडी पराजित भएको छ । हिजो भएको खेलमा डोटीले बैतडीलाई ३–१ को सेटले पराजित गरेको हो ।

बैतडीले पहिलो सेट २० –२५ ले, दोश्रो सेट २२–२५ ले गुमाएको हो । हो । तेश्रो सेट बैतडीले १९–२५ ले आफ्नो पक्षमा पारेका थियो । चौथो सेटमा २३ –२५ ले हार बेहोर्दै बेस्ट अफ फाईपको खेलमा बैतडी तीन एकले पराजित हुन पुगेको हो । बैतडीले आज बझाङसँग खेल्ने छ ।

सुदूरपश्चिम खेलकुद परिषद्को वार्षिक कार्यक्रमअनुसार असोज आज देखि २३ गतेसम्म धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना भइरहेको हो । प्रतियोगिताको विजेतालाई नगद एक लाखसहित ट्रफी दिइने छ । उपविजेतालाई नगद ५० हजार सहित ट्रफी दिइनेछ।

प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टीमलाई पच्चिस पच्चिस हजार नगदसहित ट्रफी दिइने छ भने विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइने छ ।

याे पनि हेर्नुस्
Loading...