भारतीय क्रिकेट टिमले पायो नयाँ मुख्य प्रशिक्षक

काठमाडौं – भारतीय क्रिकेट टिमले नयाँ प्रशिक्षक पाएको छ। भारतीय टिमका वर्तमान प्रशिक्षक रवि शास्त्रीको कार्यकाल यसै महिनादेखि सुरु हुने टी–२० विश्वकपपछि समाप्त हुँदैछ।

उनले यो प्रतियोगितापछि आफ्नो पदबाट राजीनामा दिनेछन्। मुख्य प्रशिक्षकमा राहुल द्रविड नियुक्त भएका छन्। उनले यूएई र ओमानमा आयोजना हुने टी–२० विश्वकपपछि भारतीय टिम सम्हाल्ने छन्। टी–२० विश्वकप आइतबारबाट सुरु हुँदैछ।

भारतले विश्वकपको पहिलो खेलमै पाकिस्तानसँग खेल्नेछ। सुपर १२ को समूह २ मा रहेको भारतले पाकिस्तानसँग अक्टोबर २४ मा प्रतिस्पर्धा गर्नेछ।

भारत र पाकिस्तानबीचको खेल दुबईमा हुनेछ। द्रविड सन् २०२३ को विश्वकपसम्म भारतीय टिमको प्रशिक्षकको पद सम्हाल्न सहमत भएका छन्।

पीटीआईसँग कुरा गर्दै बीसीसीआईका एक अधिकारीले भने, ‘हो, राहुल द्रविड २०२३ को विश्वकपसम्म भारतीय क्रिकेट टोलीको प्रशिक्षक बन्न सहमत भएका छन्। सुरुमा उनी यस कुरामा सहमत थिएनन् तर बीसीसीआई अध्यक्ष सौरभ गांगुली र सचिव जय शाहले राहुलले छलफल गरेपछि प्रशिक्षकको पद सम्हाल्न सहमत भएका हुन्।’

यसअघि जब भारतबाट एक टिम टेस्ट श्रृंखला खेल्नका लागि इंग्ल्याण्ड गएको थियो। त्यतिबेला भारतको अर्को टिम श्रीलंकामा थियो। भारतीय टोलीले यस भ्रमणमा टी–२० र एकदिवसीय खेल खेलेको थियो। त्यस बेला पनि राहुलले भारतीय टिमको कोच बनेका थिए।

पूर्व भारतीय कप्तान राहुलले भारत ‘ए’ र यू–१९ टिमको प्रशिक्षक बनिसकेका छन्। उनको प्रशिक्षणमा भारतीय भारत ‘ए’ टिमले विदेशी भूमिमा सफलता हासिल गरिसकेको छ। यसका साथै उनकै प्रशिक्षणमा भारतले यू–१९ टीम विश्वकपको उपाधि समेत जितेको छ।

याे पनि हेर्नुस्
Loading...