आईपीएल २०२१ मा सर्वाधिक रन बनाउने १० ब्याट्सम्यान

काठमाडौं । चेन्नई सुपर किंग्सले यूएईमा जारी १४औँ सिजनको आईपीएलको उपाधि जित्यो।। शुक्रबार भएको फाइनलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले हराउँदै चेन्नईले उपाधि जितेको हो।

यससँगै चेन्नईले चौथो पटक आईपीएलको उपाधि जितिसकेको छ। उपाधि जितेर चेन्नई सर्वाधिक आईपीएल जित्ने मुम्बई इन्डियन्सले बनाएको पाँच उपाधिको रेकर्डसँग नजिक पुगेको छ। यसअघि चेन्नईले सन् २०१०, २०११ र २०१८ मा उपाधि जितेको थियो।

यसैक्रममा आज हामी आईपीएल २०२१ मा सर्वाधिक रन बनाउने १० ब्याट्सम्यानको बारेमा चर्चा गर्दैछौं।

यस सूचीको शीर्ष स्थानमा चेन्नई सुपर किंग्सका ओपनर ऋतुराज गायकवाडका छन्। उनले उनले १६ खेलमा ६ सय ३५ रन बनाए। जसमा १ शतक र ४ अर्धशतक समावेश छन्। उनको स्ट्राइक रेट १३६.२६ थियो। उनको सर्वाधिक स्कोर नटआउट १०१ रन हो।

दोस्रो स्थानमा पनि चेन्नईकै फाफ डुप्लेसिस छन्। उनले १६ म्याचमा ६ सय ३३ रन बनाए। जसमा ६ अर्धशतक समावेश छन्। उनको स्ट्राइक रेट १३८.२० थियो। उनको सर्वाधिक स्कोर अविजित ९५ रन हो।

आईपीएल २०२१ मा सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो स्थानमा पञ्जाब किंग्सका कप्तान केएल राहुल छन्। उनले १३ खेलमा ६ सय २६ रन बनाए। जसक्रममा उनले ६ अर्धशतकसमेत हिर्काए। उनको स्ट्राइक रेट १३८.८० थियो। उनको सर्वाधिक स्कोर नटआउट ९८ रन रह्यो।

यस सूचीको चौथो स्थानमा दिल्ली क्यापिटल्सका ओपनर शिखर धवन रहेका छन्। धवनले १६ म्याचमा १२४.६२ स्ट्राइक रेटका साथ ५ सय ८७ रन बनाए। जसमा ३ अर्धशतक समावेश थिए। यस सिजनमा उनको उच्च स्कोर ९२ रन थियो।

पाँचौं नम्बरमा रोयल च्यालेन्जर्स बैंग्लोरका ग्लेन म्याक्सवेल छन्। उनले १५ खेलमा ६ अर्धशतसहित ५ सय १३ बनाए। उनको स्ट्राइक रेट १४४.१० थियो। उनको उच्च स्कोर ७८ रन थियो।

आईपीएल २०२१ मा सर्वाधिक रन बनाउने खेलाडीको छैटौं स्थानमा राजस्थान रोयल्सका कप्तान सञ्जु सामसन छन्। उनले १४ म्याचमा १ शतक र २ अर्धशतकको मद्दतमा ४ सय ८४ जोडे। १३६.७२ स्ट्राइक रेटमा ब्याटिङ गरेका उनको यस सिजन सर्वाधिक रन १ सय १९ रन थियो।

दिल्ली क्यापिटल्सका ओपनर पृथ्वी शा सातौं स्थानमा रहेका छन्। उनले १५ खेलमा ४ सय ७९ रन बनाए। जसमा ४ अर्धशत पनि समावेश छन्। उनको स्ट्राइक रेट १५९.१३ र सर्वाधिक स्कोर ८२ रन थियो।

यस सूचीको आठौं नम्बरमा कोलकाता नाइट राइडर्सका ओपनर शुभमन गिलको नाम आउँछ। १७ म्याचमा गिलले ३ अर्धशतकका साथ ४ सय ७८ रन बनाए। उनको स्ट्राइक रेट ११८.९ रहँदा सर्वाधिक स्कोर ५७ रन थियो।

यस सिजनको आईपीएलमा सर्वाधिक रन बनाउने खेलाडीको नवौं स्थानमा पञ्जाबका मयंक अग्रवाल रहेका छन्। उनले १२ म्याचमा ४ सय ४१ बनाए। जसमा ४ अर्धशतक पनि सामेल छन्। उनको स्ट्राइक रेट – १४०.४४ र सर्वाधिक स्कोर अविजित ९९ रन हो।

दिल्लीका कप्तान ऋषभ पन्त यस सूचीको दशौं नम्बरमा छन्। पन्तले १६ खेलमा ३ अर्धशतकको मद्दतमा ४ सय १९ रन हिर्काए। यस सिजनमा १२८.५२ स्ट्राइक रेट ब्याटिङ गरेका उनको उच्च स्कोर नटआउट ५८ रन थियो।

याे पनि हेर्नुस्
Loading...