प्रशिक्षक दशानायके भन्छन् : कप्तान परिवर्तन हुँदैन

१५ पुस, काठमाडौं । मुख्य प्रशिक्षक पुबुदु दशनायकेले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान परिवर्तन नहुने बताएका छन् । मुख्य प्रशिक्षकको रुपमा कार्यभार सम्हालेपछि पहिलो पटक बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले कप्तान परिवर्तनको अधिकार नेपाल क्रिकेट संघ (क्यान) लाई हुने बताए ।

क्यानले हालै मात्र ग्रेडिङमा असन्तुष्टि जनाएको भन्दै ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाएर सन्दीप लामिछानेलाई जिम्मेवारी दिएको छ । खेलाडीहरू भने निर्णय पुर्नविचार गर्न माग गर्दै आएका छन् ।

news center of article

क्यानका क्रिकेट म्यानेजर विनोद दासका अनुसार बन्द प्रशिक्षणका लागि ३० खेलाडी बोलाउने तयारी छ । उनले भने, ‘भोलिबाट खेलाडीले रिपोर्टिङ गर्छन्, दुईतीन दिनपछि क्याम्प सुरु हुन्छ ।’

याे पनि हेर्नुस्
Loading...