Khabar Board
Flash logo up side
flash header

मानेको उत्कृष्ट प्रदर्शन कायमै, फेरि दिलाए लिभरपुललाई रोमाञ्चक जित

Nirbachan m

काठमाडौं ।

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलामा लिभरपुल विजयी भएको छ । ऊ घरेलु टोली एस्टन भिल्लाविरुद्ध २–१ ले विजयी भएको हो । सुरुवाती अग्रता जोगाउन नसक्दा एस्टन भिल्ला स्तब्ध बन्न पुग्यो । भिल्ला पार्कमा खेलेको तेस्रो मिनेटमै डग्लस लुइजको गोलमार्फत घरेलु टोलीले अग्रता लिएको थियो ।

छैटौं मिनेटमा जोएल माटिपले लिभरपुललाई १–१ को बराबरीमा ल्याए । ६५ औं मिनेटमा सादियो मानेले गोल गरेपछि पाहुना टोलीले २–१ को रोमाञ्चक जित निकाल्यो । जितसँगै दोस्रो स्थानको लिभरपुलले ३६ खेलमा ८६ अंक जोड्दा पराजित एस्टन भिल्ला ३५ खेलबाट ४३ अंकका साथ ११ औं स्थानमा छ ।

क्यामरुनी क्लब एभिनिर एफसीविरुद्ध नेपाली राष्ट्रिय फुटबल टोली विजयी भएको छ । आसन्न एसियन कप छनोटको तयारीमा रहेको नेपाल तेस्रो अभ्यास खेलमा एभिनिर एफसीविरुद्ध ४–१ ले विजयी भएको हो ।

अफ्रिकी क्लबविरुद्ध नेपालको शानदार जित, यी खेलाडीले गरे गोल

क्यामरुनी क्लब एभिनिर एफसीविरुद्ध नेपाली राष्ट्रिय फुटबल टोली विजयी भएको छ । आसन्न एसियन कप छनोटको तयारीमा रहेको नेपाल तेस्रो अभ्यास खेलमा एभिनिर एफसीविरुद्ध ४–१ ले विजयी भएको हो । मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपाललाई जिताउन जर्ज प्रिन्स कार्कीले दुई, मनिष डाँगी र दर्शन गुरुङले एक/एक गोल गरे ।

Center article

नेपालले महत्वपूर्ण खेलाडीबिना पनि एभिनिरविरुद्ध शानदार जित निकाल्न सफल भयो । सुरुआती दुई खेलमा भने गोलरहित बराबरी खेलेको थियो । कुवेतमा हुने एशियन कप छनोटको तयारीमा रहेको नेपाली टोली छिट्टै अभ्यासका लागि कतार प्रस्थान गर्नेछ । जहाँ नेपालले जेठ ११ र १५ मा अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच पनि खेल्नेछ ।

महत्वपूर्ण सदस्यबिना एसियन कप छनोट खेल्ने तयारी गरेको नेपाल कठिन समूहमा छ । समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया छन् । समूहको शीर्ष टिम एसियन कपमा छनोट हुनेछ ।

नेपाल सम्मिलित समूहका खेल कुवेतमा हुनेछन्। खेलहरू जेठ २५ मा सुरु भएर जेठ ३१ मा सकिनेछन्। नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग २५ जेठमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले २८ जेठमा कुवेत र ३१ जेठमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।

अनुभवी र केही स्टारले क्याम्प छोडे पनि अहिले पनि नवयुग श्रेष्ठ, मनिष डाँगी, सुनिल बल, पूजन उपरकोटी, सुरज ज्यू ठकुरी, आयुष घलान, जर्ज प्रिन्स कार्की, सञ्जोक राई, सुमन अर्याल, दर्शन गुरुङ, एरिक विष्ट, दीप कार्की, विकास खवास, एरिक विष्ट, लेवन्द्र तामाङ भने प्रशिक्षणमै व्यस्त छन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.