Khabar Board
Flash logo up side
flash header

राशिद खानले बनाए अर्को ठूलो कीर्तिमान, प्रवेश गरे ब्राभोको क्लबमा

Nirbachan m

काठमाडौं ।

अफगानिस्तानका स्टार लेग स्पिनर राशिद खानले टी–२० क्रिकेटमा उत्कृष्ट प्रदर्शन जारी राखेका छन् । उनले अहिलेसम्म नाममा धेरै ठूला कीर्तिमान बनाएका छन् । र, अब राशिदको नाममा अर्को कीर्तिमान पनि दर्ता भएको छ ।

उनी अब टी–२० क्रिकेटमा ४५० विकेट लिने तेस्रो बलर बनेका छन् । वेस्ट इण्डिजका अलराउन्डर ड्वेन ब्राभो र दक्षिण अफ्रिकाका लेग स्पिनर इमरान ताहिरपछि यो उपलब्धि हासिल गर्ने राशिद तेस्रो बलर हुन् ।

उनले यो उपलब्धि भारतमा जारी आइपिएलअन्तर्गत लखनउ सुपर जाइन्ट्सविरुद्ध गएराति भएको खेलमा हासिल गरे । राशिदले विभिन्न लिग र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा साढे ४ सय विकेट पूरा गरेका हुन् । गुजरात टाइटन्सबाट लिग खेलिरहेका उनले गएरातिको खेलमा चार विकेट लिए । र, राशिदले आफ्नो टोलीलाई ६२ रनको शानदार जित दिलाए ।

जारी सिजनमा उनले १२ खेलमा २१.६६ को औसतमा १५ विकेट लिएका छन् । यस अवधिमा राशिदले ७ भन्दा कमको इकोनमीमा बलिङ गरेका छन् । उनले गुजरातलाई ब्याटिङबाट पनि योगदान दिइरहेका छन् ।

कीर्तिमानी जित निकाल्दै गुजरात प्लेअफमा, राशिद खानले गरे शानदार बलिङ

गुजरात टाइटन्स आइपिएल २०२२ को प्लेअफमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सलाई ६२ रनले हराउँदै गुजरात प्लेअफमा प्रवेश गरेको हो । जारी सिजनमा प्लेअफको यात्रा पक्का गर्ने गुजरात पहिलो टोली बन्यो ।

Center article

उसले डेब्यू सिजनकै प्लेअफको यात्रा पक्का गर्न सफल भयो । त्यस्तै, अर्को नवप्रवेशी टोली लखनउले भने औपचारिकरूपमा प्लेअफ पुग्न एक खेल जित्नुपर्नेछ । आफ्नो १२ औं खेलमा गुजरातले दिएको १४५ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको लखनउले १३.५ ओभरमा सबै विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो ।

उसका लागि दीपक हूडाले २७ र क्विन्टन डिककले ११ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । लखनलाई सस्तैमा समेट्न राशिद खानले घातक बलिङ गरे । ३.५ ओभरमा २४ रन दिएका उनले चार विकेट लिए । त्यस्तै, रविश्रीनिवासन साई किशोर र कप्तान हार्दिक पाण्ड्याले दुई/दुई विकेट लिए ।

त्यसअघि महाराष्ट्र क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४४ रन बनायो । उसका लागि शुभमन गिलले अर्धशतकीय पारी खेले । उनले ४९ बलमा सात चौकासहित अविजित ६३ रन बनाए ।

त्यस्तै, डेविड मिलरले २६, राहुल तेवटियाले नटआउट २२, कप्तान हार्दिक पाण्ड्याले ११ र म्याथ्यू वेडले १० रनको योगदान दिए । लखनउका लागि आवेश खानले दुई, जेसन होल्डर र मोहसिन खानले एक/एक विकेट लिए ।

जारी सिजनमा गुजरातले १२ म्याच खेल्दा नौमा जित र तीन खेलमा मात्र हार बेहोरेको छ । ऊ १८ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । लखनउले १२ मध्ये आठमा जित र चार खेलमा हारको सामना गरेको छ । ऊ १६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.