काठमाडौं ।
भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंग्लोर र राजस्थान रोयल्स खेल्दैछन् । वर्षा बाधक नबने यी दुई टोलीबीचको खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा राति ७ः४५ देखि सुरु हुनेछ । अघिल्लो खेलमा पानी पर्दा खेल ढिला सुरु भएको थियो ।
आजको खेलमा विजेता टोलीले फाइनलको यात्रा तय गर्नेछ । पराजित टिम लिगबाट बाहिरिनेछ । बैंग्लोर एलिमिनेटर खेलमा लखनउ सुपर जायन्ट्सलाई १४ रनले पाखा लगाउँदै क्वालिफारमा पुगेको हो । राजस्थान भने गुजरात टाइटन्सविरुद्ध ७ विकेटले पराजित भएपछि दोस्रो क्वालिफायरमा रोकिएको थियो ।
राजस्थान गुजरातविरुद्धको हारको बदला बैंग्लोविरुद्ध लिन चाहन्छ । बैंग्लोर आफ्नो लय कायमै राख्दै फाइनल पुग्ने योजनामा छ । उसले पछिल्लो दुई खेलमा लगातार जित हात पारेको छ । बैंग्लोरले हालसम्म उपाधि हात पार्न सकेको छैन । राजस्थानले भने एकपटक उपाधि जितिसकेको छ ।
डेब्यू सिजनमै उपाधि जितेको राजस्थान त्यसयता भने उपाधिविहीन हुँदै आएको छ । यसपालि पनि राजस्थानको कप्तानी सञ्जु सामसनले गरिरहेका छन् । बैंग्लोरमा भने योपटक फाफ डुप्लेसिस कप्तान छन् ।
राजस्थानको सम्भावित प्लेइङ–११ : जोस बटलर, यशस्वी जैसवाल, सञ्जु सामसन (कप्तान र विकेटकीपर), देवदत्त पडिक्कल, शिमरोन हेटमायर, रियान पराग, रविचन्द्रन अश्विन, ट्रेन्ट बोल्ट, युजवेन्द्र चहल, ओबेद म्याकोय र प्रसिद्ध कृष्णा ।
बैंग्लोरको सम्भावित प्लेइङ–११ : फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, रजत पाटीदार, ग्लेन म्याक्सवेल, महिपाल लोमर, शाहबाज अहमद, दिनेश कार्तिक (विकेटकिपर)।, वानिन्दु हसरंगा, हर्षल पटेल, जोश हेजलवुड र मोहम्मद सिराज ।