Khabar Board

क्याम्प छोड्ने खेलाडीलाई टोलीमा बोलाउने एन्फाको निर्णय

काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षकसँगको विवादपछि टोलीबाट बाहिरिएका १० खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । बुधबार बसेको एन्फा कार्यसमितिको पहिलो बैठकले राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीले टिमको व्यवस्थापनको विषयलाई लिएर उपकप्तान रोहित चन्दसहित १० खेलाडीलाई बन्द प्रशिक्षण छोड्न भनेका थिए ।

उनले खेलाडीलाई समर्थन गरेको आरोपमा नियमित कप्तान किरण चेम्जोङलाई समेत राष्ट्रिय टिमबाट बाहिर राखेका थिए । एन्फा बैठकले प्रशिक्षकसँगको विवादमा राष्ट्रिय टिमबाट बाहिर रहेका खेलाडीलाई फिर्ता बोलाउने औपचारिक निर्णय गरेको हो । प्रशिक्षक खेलाडीको विवादमा सिनियर खेलाडी रोहित चन्द, सुजल श्रेष्ठ, अनन्त तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तिमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ र अन्जन विष्टलाई टिमबाट निकालिएको थियो ।

समाजिक बिकास कार्यालय बैतडी

घटनाबारे छानविन गर्न गठित छानविन समितिले समेत प्रशिक्षकले बारम्बार अपशब्द प्रयोग गरेर क्याम्प छाडेर जान भनेपछि खेलाडीले होटल छाडेर गएको प्रतिवेदन तयार पारेको थियो । खेलाडी प्रशिक्षकको घटना एन्फा चुनावमा मुख्य एजेण्डा बनेको थियो । निर्वाचित भए लगत्तै खेलाडीको मुद्धालाई सम्बोधन गर्ने प्रतिबद्धता वर्तमान नेतृत्वले जनाएको थियो । एन्फा पहिलो बैठकले खेलाडीलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाउने निर्णय गरेको छ ।

sticker after add
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.