काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्याको भ्रमणमा जाँदैछ। नेपालले केन्यासँग ५ खेलको टी–२० अन्तराष्ट्रिय र ३ म्याचको एकदिवसीय सिरिज खेल्ने तालिका छ। केन्यासँगको सिरिजका लागि भदौ ७ मा नेपाली टोली केन्या पुग्ने तालिका रहेको छ।
५ खेलको टी–२० सिरिज भदौ ९ बाट १४ गतेसम्म हुनेछ। ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० गतेसम्म चल्नेछ। दुवै सिरिज नैरोवीस्थित जिमखाना मैदानमा हुनेछ। नेपाल र केन्याबीच सुरुवातमा ५ खेलको टी–२० सिरिज हुनेछ। त्यसपछि एकदिवसीय सिरिज हुनेछ।
नेपाल र केन्याबीचको पहिलो टी–२० भदौ ९ गते नेपाली समयअनुसार बिहान ११ः४५ बजेबाट सुरु हुनेछ। दोस्रो टी–२० भदौ १० गते नेपाली समयअनुसार बिहान ११ः४५ बजेदेखि नै सुरु हुनेछ। यस्तै, तेस्रो टी–२० भदौ १२ गते, चौथो टी–२० भदौ १३ गते र पाँचौं तथा अन्तिम टी–२० भदौ १४ गते हुनेछ। यी म्याच पनि नेपाली समयअनुसार बिहान ११ः४५ बजेबाटै सुरु हुनेछन्।
एकदिवसीय सिरिजको पहिलो खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते बिहान ११ः४५ सुरु हुनेछ। तीनै एकदिवसीय म्याच पनि नेपाली समयअनुसार बिहान ११ः४५ बजेदेखि नै सुरु हुनेछन्।
टी–२० र एकदिसीय सिरिजका लागि नेपालले टिमसमेत घोषणा गरिसकेको छ। केहीअघि अगाडि कप्तान सन्दीप लामिछानेको कप्तानी १६ सदस्यीय टिम गरेको भएको थियो। नेपालले नयाँ मुख्य प्रशिक्षक पनि नियुक्त गरिसकेको छ।
अहिले नेपाली टिम बन्द प्रशिक्षणमा रहेको छ। नेपाली टिममा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पनि कमब्याक गरेका छन्। उनले ६ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गरेका हुन्। यूएई सिरिजपछि नेपालको कुनैपनि प्रतियोगितामा नदेखिएका ज्ञानेन्द्रले नयाँ प्रशिक्षक आएसँगै टोलीमा पुनरागमन गरेका छन्।
टिममा कमब्याक गरेपछि पूर्वकप्तान तथा अनुभवी ब्याटर मल्लले प्रतिक्रिया दिएका छन्। उनले आफ्नो पुनरागमनले टिम खुसी नै रहेको पाएको बताएका छन्। ‘एकैचोटि यसरी भेट भएको थिएन। सबैजना खुसी नै देखिन्छन्। सबैजनाले स्वागत गरेका छन्,’ उनले भने, ‘सिनियर खेलाडी भएकाले सबैले वेलकम गरेको नै पाएँ।’
नेपाली खेलाडीको करियरमा तलमाथि भइराख्ने पनि बताएका छन्। ‘खेलाडीको प्रदर्शन तलमाथि भइराख्छ। सधै राम्रो हुन्छ भन्ने हुँदैन। सधैं नराम्रो हुन्छ भन्ने पनि हुँदैन। तर, जीवनमा कति कुरा आफूले चाहेर पनि हुँदैन,’ टीयू मैदानमा पहिलो दिनको सेसनपछि मल्लले भने, ‘करियरमा तलमाथि भइरहेको बेला आफैंले आफैंलाई जुन कन्ट्रोलमा छ त्यसमा मात्रै ध्यान दिएर बस्नुपर्छ र मैले पनि त्यहीँ नै गर्ने कोसिस गरेँ।’
उनले नेपालका लागि आफ्नो हातखुट्टा चलुन्जेल खेल्ने पनि दोहो¥याएका छन्। बोर्ड र टिमले चाहेमा आफू जहिले पनि खेल्न तयार हुने उनको भनाइ छ। ‘बोर्ड र टिमलाई म टोलीमा हुनुपर्छ भन्ने महसुस भएरै अहिले टिममा परेको छु जस्तो लाग्छ,’ उनले भने, ‘टिम भूमिका त्यहीँ हुन्छ टिमका लागि रन बनाउने। अहिले झन् म सबैभन्दा सिनियर खेलाडी छु। त्यसैले पहिलेको भन्दा अहिले बढी नै जिम्मेवारी महसुस हुन्छ।’
ज्ञानेन्द्रले नेपालका लागि अहिलेसम्म १९ एकदिवसीय र ४१ टी–२० अन्तर्राष्ट्रिय म्याच खेलेका छन्। एकदिवसीयमा उनले ४ अर्धशतकसहित ४ सय ८० रन बनाएका छन्। यसका साथै उनले १ एकदिवसीय विकेट पनि लिएका छन्। उनले टी–२० आईमा १ शतक र १ अर्धशतकको मद्दतमा ७ सय ४८ रन बनाएका छन्।
नेपाल र केन्याबीचको सिरिज हुने नैरोवी मैदान कस्तो छ ?
पाल पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज तथा तीन खेलको एकदिवसीय सिरिजका लागि केन्याको भ्रमणमा निस्कदै छ । नेपालले सिरिजका सबै आठ खेल नै केन्याको नैरोवीमा रहेको जिमखाना मैदानमा खेल्नेछ ।
केन्याको राजधानी नैरोवीमा रहेको यस मैदान केन्या क्रिकेटको ऐतिहासिक मैदान हो । यस मैदानमा १९९६ मा पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल भएको थियो । यस मैदानमा २००३ को आईसीसी एकदिवसीय विश्वकपका दुई खेल आयोजनाको अवसर पाएको थियो ।
यस विश्वकपमा नै केन्याले सेमिफाईनलसम्मको यात्रा गरेको थियो । यस मैदानमा २४ एकदिवसीय अन्तराष्ट्रिय शतक प्रहार भएका छन् । अष्ट्रेलियाका म्याथ्यु हेडनले २००२ मा पाकिस्तानविरुद्धको एकदिवसीय अन्तराष्ट्रियमा बनाएको १ सय ४६ रन नै यस मैदानमा बनेको सर्वाधिक ठुलो व्यक्तिगत स्कोर हो ।
यस मैदानमा २००७ मा बंगलादेश तथा केन्याबीच पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय भएको थियो । यस मैदानमा टी-ट्वान्टी अन्तराष्ट्रियको पहिलो ईनिङमा बनेको सबैभन्दा बढी रन १ सय ९१ हो । दोस्रो ईनिङमा बनेको सबैभन्दा बढि रन १ सय ६१ हो । पहिलो ईनिङमा बनेको कम रन भने ९२ तथा दोस्रो ईनिङको कम रन भने ९३ हो ।
एकदिवसीय अन्तराष्ट्रिय तर्फको उत्कृष्ट बलिङ भने ९ ओभरमा २३ रन दिएर ६ विकेट लिनु नै हो । यस मैदानमा २०१० बाट कुनै पनि अन्तराष्ट्रिय खेल भएका छैनन् । सिरिजका लागि नेपालले अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्याको भ्रमण गर्नेछ । यस सिरिजका लागि नेपाली टोली अगस्ट २३ मा केन्या पुग्ने तालिका रहेको छ ।
क्यानले घरेलु टोली केन्यासँगको सिरिजको खेल तालिका समेत सार्वजनिक गरेको छ । नेपालले सुरुआतमा टी-ट्वान्टी सिरिज खेल्नेछ । पहिलो टी-ट्वान्टी अगस्ट २५ मा हुनेछ । यस्तै अन्तिम टी-ट्वान्टी अगस्ट ३० मा हुनेछ ।
पहिलो एकदिवसीय सेप्टेम्बर २, दोस्रो एकदिवसीय सेप्टम्बर ३ र अन्तिम एकदिवसीय सेप्टेम्बर ५ मा हुनेछ । नेपाली टोली नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा केन्या भ्रमणमा जानेछ ।